नेपाली

युक्रेन संकट उत्पन्न गरेको “गल्ती” नेटोले चीनलाई दोष लगाउनुहुँदैन

CRIPublished: 2024-07-12 16:04:14
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समय जुलाई १० तारिख वाशिङटन घोषणापत्र सार्वजनिक गर्दै नेटोको शिखर सम्मेलनमा सम्पन्न भएको छ। उक्त घोषणा-पत्रले चीनमाथि दुर्भावनापूर्ण रुपमा हमला गरेको छ। उक्त घोषणा-पत्रअनुसार, चीनले नेटोको हित, सुरक्षा, मूल्यमान्यतालाई चुनौती दिएको छ। साथै उक्त घोषणा-पत्रले चीन रुस र युक्रेनबीचको द्वन्द्वको “समर्थक” हो भन्ने कुरा पनि उल्लेख गरेको छ।

युक्रेन र रुसको द्वन्द्वको शुरूवातकर्ताका रुपमा इङ्गित गरेर नेटोले चीनमाथि हिलो छ्यापेको छ। चीनले सधैँ नै दुई पक्षको वार्ता अगाडि बढाइरहेको छ।

सबैलाई थाहा छ, चीन युक्रेन संकट निर्माणकर्ता होइन र संकटको संगल्नता पक्ष पनि होइन। युक्रेन संकट समस्यामा चीनको केन्द्रीय अडान मेलमिलाप तथा वार्ता अगाडि बढाउनु र राजनीतिक उपायमार्फत समाधान गर्नु हो। चीनको अडानलाई अन्तर्राष्ट्रिय समाजले स्वीकार र प्रशंसा गरेको छ। चीनको विचारमा विभिन्न मुलुकको सर्वभौमिकता र भूभागको अक्षुण्णता सम्मान गरिनुपर्छ। संयुक्त राष्ट्र संघको बडा-पत्रको सिद्धान्त पालना गरिनुपर्छ। संकटको शान्तिपूर्ण रुपमा समाधान गर्नका लागि हितकर हुने सबै प्रयास समर्थन दिइनुपर्छ।

चीनले संकटको शान्तिपूर्ण समाधान गर्नका लागि हितकर हुने सबै प्रयासको प्रोत्साहन र समर्थन दिएको छ। चीलने संकट छिटो समाधान गर्नका लागि रचनात्मक र दायित्वपूर्ण भूमिका निर्वाह गर्ने मनसाय लिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn