नेपाली

चीनलाई बहाना बनाएर नेटोले “एशिया प्रशान्त सपना” साकार बनाउन सक्दैन

CRIPublished: 2024-07-10 16:07:25
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेटो शिखर सम्मेलन स्थानीय समय जुलाई ९ तारिख वाशिङटनमा शुरू हुँदैछ। चालु वर्ष नेटो स्थापनाको ७५ औँ वार्षिकोत्सव हो। अमेरिकाले भनेअनुसार, यो “शित युद्ध सम्पन्न भएयता सबैभन्दा महत्त्वाकांक्षी शिखर सम्मेलनहरूमध्येको एक” हो। तर हालैका तीन वर्षमा शिखर सम्मेलनजस्तै यस पटकको शिखर सम्मेलनको विषय कुनै पनि नवीन छैन।

यसअघि आयोजित पत्रकार सम्मेलनमा नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले चीनआदि मुलुकहरूको सामना गर्नका लागि इन्डो प्यासिफिक क्षेत्रका साझेदारहरूसँग घनिष्ठ सहयोग गर्नुपर्ने बताउनुभयो। सञ्चार-माध्यमको विचारमा नेटोले चीनलाई बहानाको रुपमा प्रयोग गरेर एशिया प्रशान्तमा हस्तक्षेप गरिरहेको छ।

नेटोले “चीनको त्रास-धम्की” भनेर चीनमाथि हिलो छ्यापे पनि नेटोका प्रायजसो सदस्य मुलुकहरूले चीनसँग स्थिर सम्बन्धलाई कायम राखेका छन्। एशिया प्रशान्तका प्रायजसो मुलुकहरूले पनि चीन एशिया प्रशान्त र विश्वको स्थिर र समृद्ध पक्ष हो भन्ने ठहर लिएका छन्।

एशियाको पाङ्ग्रा अघि जाँदैछ। तथाकथित नेटोको एशिया प्रशान्त रणनीति पृथकता, भिडन्त र युद्ध उत्पन्न गर्ने योजना हो। यसले इतिहासको प्रवाहको विरुद्ध गरेको छ। यो विफल हुनेछ।

Share this story on

Messenger Pinterest LinkedIn