ग्रीष्मकालीन दाभोसमा चिनियाँ नयाँ अवसरबारे छलफल

जुन २५ देखि २७ तारिखसम्म चीनको ता लेनमा आयोजित ग्रीष्मकालीन दाभोस मञ्चले विश्वका १०० भन्दा बढी मुलुक र क्षेत्रका राजनीतिक र वाणिज्य क्षेत्रका १७०० भन्दा बढी व्यक्तिहरूलाई आकर्षित गरेको छ। मञ्चको परिधि, आयोजित सम्मेलन र सहभागी अतिथिहरूको संख्या सबैले नयाँ ऐतिहासिक रेकर्ड सिर्जना गरेको छ। मञ्चमा सहभागी अतिथिहरूले के ठहर गरेका छन् भने चीनको अर्थतन्त्र पुनरूत्थान हुने सशक्त शक्ति भएकाले विभिन्न मुलुकका व्यवसायहरूले निरन्तर रूपमा चीनको बजारमा आफ्नो कारोबार चलाउँदै जाने छन्।
विश्व आर्थिक बृद्धिलाई अघि बढाउने महत्वपूर्ण इन्जिनका रूपमा रही चीन लगायतका नयाँ उदियमान आर्थिक समुदायले वर्तमान विश्व आर्थिक बनौटमा निकै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। भावी आर्थिक विकास विस्तार गर्ने सन्दर्भमा चीनले ४ बुँदे प्रस्ताव प्रस्तुत गरेका छ। वैज्ञानिक-प्राविधिक आदानप्रदान र सहकार्यलाई गहन बनाउने, हरित विकासलाई सुदृढ पार्ने, खुल्ला बजार वातावरणको संरक्षण गर्ने र सहिष्णु तथा साझा समृद्ध विकासलाई प्रबर्द्धन गर्ने चार बुँदाहरु हुन्।
के अनुमान गर्नसकिन्छ भने चिनियाँ शैलीको आधुनिकीकरण गहिरिँदै आएको सिलसिलामा झन् झन् बढी मानिसहरूले चीनको नयाँ विकासको अनुभव गर्नुका साथै चीनको नयाँ अवसरको उपभोग गर्नसक्ने छन्।