नेपाली

दक्षिण चीन सागरमा फिलिपिन्सको "उन्माद" को वास्तविकता

CRIPublished: 2024-06-20 16:52:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दक्षिण चीन सागरमा फिलिपिन्सको उक्साहट बारम्बार र चर्को बन्दै गएको देखिन्छ। चाइना कोस्ट गार्डको एक रिपोर्टअनुसार, जुन १७ तारिख फिलिपिन्सले चीनको नानशा टापुको रन्आई चाउ समुद्री चट्टान नजिकैको पानीमा अवैध रूपमा घुसपैठ गर्दै एउटा आपूर्ति जहाज र दुईवटा इन्फ्लेटेबल डुङ्गाहरू पठायो।

सो अवधिमा, फिलिपिन्सले चट्टानको छेउमा अवैध रुपमा बसिरहेको युद्धपोतलाई आपूर्ति पुर्याउन खोज्यो। सो क्रममा फिलिपिन्सको आपूर्ति जहाज जानीजानी नजिक पुगेर चिनियाँ जहाजसँग ठोक्कियो। चाइना कोस्ट गार्डले कानून अनुसार फिलिपिनी जहाजमाथि नियन्त्रण उपायहरू अपनायो जुन ह्यान्डलिङका हिसाबले उचित, कानुनी र मानकीकृत छ। ध्यान दिन योग्य कुरा के हो भने फिलिपिन्सको बढ्दो उत्तेजनाहरू, ‘कोस्ट गार्ड एजेन्सीहरूको लागि प्रशासनिक कानून प्रवर्तन प्रक्रियाहरू सम्बन्धि प्रावधान’ चीनले लागू गरेपछि देखा पर्न थालेका हुन्। यदि फिलिपिन्सले सामुद्रिक अधिकार संरक्षण र कानून प्रवर्तन गर्ने चीनको सबभन्दा तल्लो रेखालाई उल्लङ्घन गरेमा, चीनले दृढ प्रतिकार गर्नेमा कुनै शंका छैन।

फिलिपिन्सले पटक-पटक गरी जनाएको छ कि ढुवानी गरिरहेको सामान दैनिक उपभोग्य वस्तु हुन्। तर वास्तवमा लामो समयदेखि यता रनआई चाउ समुद्री चट्टानको कब्जा गर्ने विचार गर्दै फिलिपिन्सले निर्माण सामग्री र हातहतियार एवम् गोलाबारुदसमेत तस्करी गर्दै आएको छ। यो नै दक्षिण चीन सागरमा तनाव बढ्नुको प्रत्यक्ष कारण हो। यस वर्षको मे देखि यता, फिलिपिन्सले दक्षिण चीन सागरमा गरेको गतिविधिहरुबाट हेर्दा थाहा पाइन्छ कि फिलिपिन्स अमेरिकाको सहयोगमा झन्-झन् उन्मत्त बन्दै गएको छ।

यसबारे चर्चा गर्दै विश्लेषकहरूले भन्छन् कि कुनै पनि कारणको लागि, फिलिपिन्सको प्रदर्शन अन्ततः राष्ट्रिय हितको सेवा गर्नुको सट्टा फिलिपिन्सका राजनीतिज्ञहरूको स्वार्थहरू पूरा गर्न खोजेको हो।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn