चीन र अष्ट्रेलियाले प्राप्त गरेको सकारात्मक प्रवृत्तिलाई कसरी कायम राख्ने?
चीन र अष्ट्रेलिया एक अर्काका आर्थिक लाभका परिपूरक हुन् र प्राकृतिक साझेदार हुन्। यस पटकको आर्थिक र व्यापारिक सहकार्यको एउटा ठूलो आकर्षण भनेको चीन-अस्ट्रेलिया स्वतन्त्र व्यापार सन्धिको कार्यान्वयन प्रवर्द्धन सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर गर्नु हो, जसले दुवै पक्षलाई स्वतन्त्र व्यापार सन्धिको थप कार्यान्वयन गर्न मद्दत गर्ने छ। साथै खुला विश्व अर्थतन्त्रको निर्माणको दृढता र प्रयासलाई पनि प्रतिविम्वित गरिएको छ। यसबाहेक, नयाँ ऊर्जा वाहन र नवीकरणीय ऊर्जाबाट विजुली उत्पादनको क्षेत्रमा अष्ट्रेलियासँग सक्रिय रूपमा सहयोग विस्तार गर्ने इच्छा पनि चिनियाँ पक्षले व्यक्त गरेको छ जसले द्विपक्षीय सम्बन्धमा नयाँ गति थप्ने विश्वास गरिएको छ।
माथि उल्लेखित "हार्डकोर" सहयोगको अतिरिक्त, चीन र अष्ट्रेलियाबीच "सफ्ट" आदान-प्रदान पनि भएको छ। चीनले भिसा मुक्त देशहरूको दायरामा अष्ट्रेलियालाई एकतर्फी रूपमा समावेश गरेको छ र पर्यटन, व्यवसाय र पारिवारिक आगन्तुकहरूका लागि ३ देखि ५ वर्षको बहु-प्रवेश भिसा जारी गर्न दुवै पक्ष सहमत भएका छन्। यी सबै चीन र अष्ट्रेलियाले जनता-जनताबीचको आदानप्रदानलाई बढाउने प्रयास प्रमाणित गरिएको छ।
उतारचढावपार गर्दै चीन र अष्ट्रेलियाले विकासको सम्बन्ध सुधार गर्ने सही मार्गमा पुगेपछि दृढतापूर्वक अगाडि बढ्दै जाने छन् र यसै क्रममा पारस्परिक विश्वास गर्ने सँगै उपलब्धि हासिल गर्ने साझेदार बन्दै छन्। यो नै दुई देशका जनताको साझा हितमा मात्र नभई, क्षेत्रीय शान्ति र स्थिरता संरक्षण गर्नको लागि पनि आवश्यक छ।