नेपाली

विदेशी कम्पनीहरू किन चीनमा गहन रुपमा संलग्न छन्?

CRIPublished: 2024-06-18 16:27:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

‘चीनमा हाम्रो राजस्व बढिरहेको छ र विश्वव्यापी अग्र स्थानमा रहिरहेको छ। फिलिप्सले सधैँ चिनियाँ बजारको लागि उच्च लगानी र उच्च अपेक्षा कायम राख्ने गर्छ।’ हालै नेदरल्यान्ड्सको फिलिप्स ग्रेटर चाइनाका वरिष्ठ उपाध्यक्ष चेङ निङले सीएमजीसँगको अन्तर्वार्तामा यसरी बताउनुभएको हो। फिलिप्स जस्तै विदेशी कम्पनीहरूले चिनियाँ बजारलाई यति धेरै महत्त्व दिनुको कारण के हो त?

मे १७ तारिख चीनले जारी गरेको आर्थिक गतिविधिको औपचारिक तथ्याङ्कबाट हेर्दा, चीनको अर्थतन्त्र सुचारू रूपमा चलिरहेको छ। मुख्य सूचकहरू पुनरुत्थान भएका छन् र माथिको प्रवृत्तिलाई निरन्तरता दिइरहेका छन्। यसले पनि चीनप्रति विदेशी लगानीकर्ताको विश्वास बढाएको देखिन्छ।

यो विश्वास सर्वप्रथम चिनियाँ बजारको "ठूलो" परिधिबाट उत्पन्न हुन्छ। मे दिवसको बिदाको समयमा, उपभोग सम्बन्धि धेरै तथ्याङ्कहरुले नयाँ रेकर्ड सिर्जना गरे। चिनियाँ पर्यटकहरूले विश्वका १ हजारभन्दा बढी शहरहरूमा यात्रा गरेका छन्। यति मात्र होइन, यो ठूलो बजार अझै पनि गुणस्तरमा अपग्रेड भइरहेको छ।

उद्यमहरूका लागि नवीनता प्राण नै हो। चिनियाँ बजारको आकर्षण पनि नवीनताको "द्रूतता" मा निहित छ। चीनको विनिर्माण उद्योगको उच्च-अन्त, बुद्धिमान र हरित रूपान्तरण स्पष्ट रुपमा भइरहेका छन् र नयाँ गुणस्तरिय उत्पादक शक्तिद्वारा उत्तेजित गरिएको नयाँ जीवन्त ऊर्जा तीव्र रुपमा बढिरहेको छ।

त्यतिमात्र होइन, चिनियाँ बजारले विश्व अर्थतन्त्रमा 'जीवन शक्ति' पनि ल्याएको छ। विश्वलाई विशाल "खपत शक्ति" प्रदान गर्नुका साथै उच्च-अन्त, बुद्धिमान र हरित उत्पादित वस्तुहरूको निर्यात गर्छ, चीनले विश्व आर्थिक पुनरुत्थानमा गतिशीलता दिने इन्जनको भूमिका निर्वाह गरिरहेको छ। यसबारे चर्चा गर्दै चीनका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रमुख प्रतिनिधि बार्नेटले यसरी भन्नुभयो, ‘चीनको अर्थतन्त्रमा प्रत्येक १ प्रतिशतको वृद्धिका लागि चीनसँग जोडिएका अर्थतन्त्रको वृद्धि दर ०.३ प्रतिशतले बढ्ने छ।’

12全文共 2 页下一页

Share this story on

Messenger Pinterest LinkedIn