नेपाली

दक्षिण चिनियाँ समुद्रमा "नेभिगेसनको स्वतन्त्रता"लाई अराजक बनाउने अमेरिकी कुचेष्टा

criPublished: 2024-06-02 15:57:26
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेभिगेसनको वेवास्ता गर्नु नेभिगेसन होइन, स्वतन्त्रता कहिल्यै लापरवाहीपूर्ण हुँदैन। चिनियाँ रक्षा मन्त्रालयको पत्रकार सम्मेलनमा प्रवक्ताले अमेरिकी रक्षा मन्त्रालयबाट प्रकाशित २०२३ वर्षको "नेभिगेसन स्वतन्त्रता" प्रतिवेदनबारे यस्तो टिप्पणी गर्नु भएको हो। उक्त प्रतिवेदनका अनुसार, २०२३मा अमेरिकाले चीनलगायत १७ देश तथा क्षेत्रको २९वटा "अत्यधिक समुद्री दाबी" माथि चुनौती गरेको छ।

"नेभिगेसनको स्वतन्त्रता" भने तापनि “राष्ट्र संघीय समुद्र सन्धि”को अर्थ र अमेरिकाको अर्थ समान छैन। “राष्ट्र संघीय समुद्र सन्धि”को "नेभिगेसनको स्वतन्त्रता" विभिन्न देशको निष्पक्ष समुद्री अधिकार र हितको सुरक्षा र विश्वको समुद्र व्यवस्थाको रक्षा गर्नका लागि हो। अमेरिकाको लक्ष्य अमेरिकाको सैन्य तथा कूटनीतिक हितको सुरक्षा र अमेरिकाको समुद्री प्रभूत्वको सुरक्षा गर्नका लागि हो।

अमेरिकाको आँखामा “प्रादेशिक जलबाहिर सार्वजनिक समुद्र हो।” अमेरिकाले अन्तराष्ट्रिय जल क्षेत्रको गर्भाधान पनि सिर्जना गरेको छ।

सन् २०२३ मा फिलिपिन्सले दक्षिण चिनियाँ समुद्रमा पटक-पटक उक्साउनुका साथै अमेरिकी सेनाले दक्षिण चिनियाँ समुद्र र वरिपरि क्षेत्रमा सैन्य गतिविधि पनि बढाएको छ। त्यसबाहेक अमेरिकाले जनमत युद्धमार्फत "नेभिगेसनको स्वतन्त्रता"लाई “तर्कसंगत” आवरण लगाउन खोजेको छ।

पश्चिमा अनुसन्धान ब्युरोका अनुसन्धानकर्ता ग्रेग आस्टिनको विचारमा, दक्षिण चिनियाँ समुद्रमा कथित चिनियाँ गतिविधिले व्यापारिक नेभिगेसनमाथि धम्की दिएको भनाइ पेन्टागनको एउटा ठूलो झुट मात्र हो। वास्तवमा चीन र आशियानको साझा प्रयासमा दक्षिण चिनियाँ समुद्रमा नेभिगेसनको कुनै समस्या छैन। अमेरिकाले "नेभिगेसनको स्वतन्त्रता"को नाममा "नेभिगेसनको प्रभूत्व" लाध्ने गतिविधि समुद्र र वायुको सुरक्षामा खतरा बनाउने मुल कारण हो।

Share this story on

Messenger Pinterest LinkedIn