नेपाली

प्यालेष्टाइन समस्याको समाधानमा न्याय अभाव दीर्घकालीन हुनु हुँदैन

criPublished: 2024-06-01 15:44:35
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे ३० तारिख इजलायरले गाजा क्षेत्रमा निरन्तर रूपमा सैन्य गतिविधि गर्नुका साथै पैचिङमा आयोजित चीन-अरबी मुलुक सहयोग मञ्चको दशौं मन्त्रीस्तरीय बैठकले “प्यालेष्टाइन समस्याबारे चीन-अरबी मुलुकको संयुक्त वक्तव्य” प्रकाशित गरेको छ। जसले गाजा भिडन्त समाप्त गर्न र प्यालेष्टाइन समस्याको चौर्फी, निष्पक्ष र दीर्घकालीन समाधान गर्न घच्घच्याउने न्यायिक आवाज व्यक्त गरेको छ।

“युद्ध अनन्तकालसम्म जारी रहन हुँदैन, न्याय सधैँ अनुपस्थित हुँदैन, दुई देश प्रस्तावमा पनि मनमानी रूपमा परिवर्तन गर्नुहुँदैन।” बैठकको उद्घादन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङबाट प्रकट यो धारणाले व्यापक समर्थन पाएको छ।

प्यालेष्टाइन समस्या मध्य-पूर्वी क्षेत्रीय समस्याको केन्द्र हो। अन्तर्राष्ट्रिय परिस्थिति जसरी परिवर्तन भए तापनि चीनले प्यालेष्टाइनी जनताको न्यायिक अधिकार र हितलाई सधैँ दृढताका साथ समर्थन दिँदै आएको छ। यसपटक प्यालेष्टाइन र इजरायलको भिडन्त सुरू भएदेखि चीनले कुटनीतिक मध्यस्थतालगायत उपायद्वारा सक्रिय रूपमा दुई पक्षबीच युद्ध विरामको दबाब दिँदै आएको छ।

औल्याउनुपर्ने कुरा के हो भने, प्यालेष्टाइन समस्याको समाधान गर्न नपाएका कारण अमेरिकालगायत अल्पसंख्यक पश्चिमा देशहरूको अवरोधसित घनिष्ट सम्बन्धित रहेको छ।

प्यालेष्टाइन र इजरायलको भिडन्त हालसम्म जारी भएर मानवजातिको अन्तस्करणका लागि परीक्षण हो। जिम्मेवारीवोध ठूलो मुलुक भएको चीनले निरन्तर रूपमा अरबी मुलुकहरूसँग बिनाशर्त र तुरून्तै युद्ध विरामका लागि घच्घच्याउनुका साथै प्यालेष्टाइन समस्याको छिटै चौतर्फी, निष्पक्ष र दीर्घकालीन समाधान दिन आवश्यक छ।

Share this story on

Messenger Pinterest LinkedIn