नेपाली

कथित अमेरिकी मानवअधिकार विशेषाधिकार र आधिपत्य लाद्ने हतियार

criPublished: 2024-05-30 16:48:55
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जातिवाद दृढ बन्दै, धनी र गरिबबीचको खाडल फराकिलो हुँदै, पार्टी संघर्ष जारी रहँदै र आप्रवासनलाई गम्भीर रूपमा बहिष्कृत र भेदभाव...... चीनले मे २९ तारिख प्रकाशित " अमेरिकामा मानव अधिकार उल्लङ्घनको प्रतिवेदन २०२३" ले प्रशस्त्र तथ्याङ्क र ताजा घटनाहरूमार्फत् विश्वसामु अमेरिकाले मानव अधिकारमाथि उल्लङ्घन गरेको सत्य-तथ्यबारे उल्लेख गरिएको छ।

बन्दुक हिंसाको उदाहरणका लागि, “बन्दूक हिंसा अभिलेख”नामक वेवसाइटको तथ्याङ्कका अनुसार, सन् २०२३ मा अमेरिकामा कम्तीमा ६५४ पटक ठूलो गोलीबारी घटना भएका छन्, जसबाट ४३ हजारको मृत्यु भयो। सरदरमा प्रत्येकदिन ११७ जनाको मृत्यु भएको छ। अमेरिकी राजनीतिज्ञहरूले पैसा र राजनीतिक स्वार्थका कारण बन्दुकको नियन्त्रणमा सहमति जुटाउँदैनन् र अन्त्यमा सर्वसाधारणले ज्यान गुमाएको विश्लेषण चिनियाँ प्रतिवेदनमा गरिएको छ।

त्यसका साथै अमेरिकाका अधिकाँश सर्वसाधारणको आधारभूत अधिकार तथा हित र स्वतन्त्रताको वेवास्ता गरिएको छ। त्यसमा सबैभन्दा स्पष्ट जातिवाद हो। साथै अमेरिकामा धनी र गरिबबीचको खाडल सन् १९२९ को आर्थिक संकटदेखि सबैभन्दा गम्भीर अवस्थामा पुगेको छ। गैलपको सर्वेक्षणका अनुसार, सन् २०२३ मा ७६ प्रतिशतदेखि ८१ प्रतिशत अमेरिकीहरूले देशको विकास प्रवृत्तिबारे असंतोष व्यक्त गरेका छन्। त्यसैगरी ७६ प्रतिशतका अमेरिकीहरूले आफ्नो देश गलत दिशामा रहेको विचार व्यक्त गरेका छन्।

गहिरो तर्फबाट हेर्दा अमेरिकी सर्वसाधारणको विश्वास घट्ने मुख्य कारण अमेरिकामा जारी पैसाको राजनीति र पार्टी संघर्ष हो। त्यसबाहेक गम्भीर हुँदै राजनीतिक ध्रुवीकरणले अमेरिकी समाजको विवादलाई अझै गम्भीर पारेर अमेरिकी सर्वसाधारणको विश्वासलाई कम पारेको छ।

स्वदेशमा विशेष अधिकार गर्नुका साथै अमेरिकाले विदेशमा प्रभुत्व गरेको छ। युक्रेन, इजरायल, क्युबा, इरान...अमेरिकी सरकारले मानव अधिकारलाई अरू देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने र अमेरिकी प्रभुत्वको लाद्नका लागि सुरक्षाको निहुँ बनाएको छ। जसले गम्भीर मानव अधिकारको संकट सुरू हुनुका साथै विश्वको मानव अधिकार कार्यमाथि क्षति पुगेको छ।

यस्तो अवस्थामा अमेरिकी राजनीतिकहरूबाट सधैँ घोषणा गरिएको मानव अधिकार उनीहरुकै लागि व्यङ्ग्य बनेको देखिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn