नेपाली

विश्व स्वास्थ्य सभामा भाग लिन थाइवानद्वारा ८ पटक असफल प्रयास

criPublished: 2024-05-28 20:04:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे २७ तारिख ७७औँ विश्व स्वास्थ्य सभाले केही देशबाट प्रस्तुत कथित “ताइवानलाई पर्यवेक्षकको रूपमा भाग लिने” प्रस्ताव कार्यसूचीमा समावेश गर्ने विषय फेरि अस्वीकार गरेको छ। यो निरन्तर ८ वर्ष थाइवान सत्ता विश्व स्वास्थ्य सभाबाट अस्वीकार गरिएको हो। जसबाट “एक चीन सिद्धान्त”जनताको मनको प्रवृति हो, थाइवान सत्ताले केही शक्तिसँग मिलेको राजनीतिक चलखेलले विश्वको साझा फाइदामाथि क्षति पुर्याएको र “थाइवानको स्वतन्त्रता” बाटो बन्द भएको पुष्टि गरिएको छ।

सन् २००९ देखि २०१६ सम्म थाइवानले पर्यवेक्षकका रूपमा विश्व स्वास्थ्य सभामा भाग लिएको थियो। त्यसपछि लिन पाएको छैन। किनकि मिनचिन पार्टी सतारूढ भएर दृढ्ताका साथ “थाइवानको स्वतन्त्रता” लागु गरेको छ। जसबाट थाइवान क्षेत्रले विश्व स्वास्थ्य सभामा भाग लिने राजनीतिक आधार समाप्त भएको हो।

चीनको विकासलाई रोक्न अमेरिकाले थाइवान क्षेत्रलाई चेसम्यानका रूपमा अगाडि बढाएको छ। केही वर्षयता अमेरिकाले विश्व स्वास्थ्य सभामा भाग लिन थायवानलाई समर्थन दिएर एक चीनको रातो रेखामाथि क्षति पुर्याउन खोज्दै आएको छ। यस्तो राजनीतिक चलखेलप्रति अन्तराष्ट्रिय जगतले स्पष्ट रूपमा बुझेको छ। त्यसैले विश्वका अधिकाँश देशहरूले चीनसँग राष्ट्र संघीय सभाको २७५८ निर्णय र एक चीनको सिद्धान्तको पालना गर्ने दोहोर्याएका छन्। सयौं देशहरूले डब्लुएचओका महाप्रबन्धकलाई चिट्ठी पठाएर चीनको अडानलाई समर्थन गरेका छन्।

हालै विश्वले स्वास्थ्यसम्बन्धी सहकार्यलाई सबल पार्ने कार्यलाई केन्द्रीय भाग राखेको छ। थाइवान सत्ता र केही सीमित देशहरूले राजनीतिक लाभमाथि अन्तराष्ट्रिय सार्वजनिक स्वास्थ्यभन्दा अझ महत्व दिएका छन्। यो गतिविधि अवश्य नै अन्तर्राष्ट्रिय जगतबाट रुचि नराखिएको विषय हो।

विश्वमा एउटा मात्रै चीन छ, थाइवान चीनको एक अभिन्न भाग हो। यद्यपि मिनचिन पार्टीको सत्ता र अल्पसंख्यक देशहरूले यो वास्तविकतालाई परिवर्तन गर्न सक्दैनन्। विदेशी शक्तिमा भर परेर स्वतन्त्र हुनखोज्ने र थाइवानमार्फत चीनको नियन्त्रण गर्ने षडयन्त्र अवश्य नै विफल हुनेछ।

Share this story on

Messenger Pinterest LinkedIn