नेपाली

चीन, जापान र दक्षिण कोरियाबीचको सहयोग तीब्र गतिमा विकास

criPublished: 2024-05-28 16:29:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

२५ वर्षअघि अर्थात् सन् १९९९ मा चीन, जापान र दक्षिण कोरियाका नेतागणले तीन मुलुकबीच सहयोग प्रक्रिया सुरू गरेका थिए। गत मे २७ तारिख चीन, जापान र दक्षिण कोरियाका नेतागणबीच नवौँ वार्ता दक्षिण कोरियाको सोलमा आयोजित भएको छ। तीन पक्षले संयुक्त घोषणा प्रकाशित गरेर आठौँ वार्तामा पारित “चीन, जापान तथा दक्षिण कोरियाबीच सहयोगसम्बन्धी आगामी १० वर्षका लागि दृष्टिकोण” कार्यान्वयन गर्दै तीन मुलुकको सहयोगलाई संस्थागतकरण बढाएर विश्वको शान्ति तथा स्थिरता र विकास तथा समृद्धिको सुरक्षा गर्ने विषयको स्वीकार गरेका छन्।

विश्लेषकका अनुसार, अन्तर्राष्ट्रिय परिस्थिति उतार-चढाव र विश्वको आर्थिक पुनर्त्थान कम्जोर भएको पृष्ठभूमिमा यो वार्ताबाट सहयोगमाथि तीन मुलुकले दिएको महत्व र चीनका लागि जापान र दक्षिण कोरियाको नीति तर्कसंगततामा फर्कंदै र तीन मुलुकको राजनीतिक वातावरण तातो बन्दै गएको अवस्था देखिएको छ।

नयाँ सुरूवातबाट चीन, जापान र दक्षिण कोरियाको सहयोग कसरी तीब्र पार्ने? संयुक्त घोषणाले साँस्कृतिक आदानप्रदान, दिगो विकास, अर्थतन्त्र तथा व्यापार, सार्वजनिक स्वास्थ्य, प्रकोपको उद्धारलगायत ६ क्षेत्रको सहयोगलाई गहन पार्ने प्रस्तु गरेको छ। जसले व्यापक क्षेत्रमा तीन मुलुकले सहयोगलाई बढाउने अठोट र क्षेत्रीय शान्ति तथा समृद्धिका लागि बहन गरेको जिम्मेवार देखाइएको विश्लेषण जापानी क्योडो समाचार एजेन्सीले गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn