नेपाली

अमेरिका र थाइवान क्षेत्रले जतिसुकै गठबन्धन गरेपनि एक चीन सिद्धान्तलाई हल्लाउन नसक्ने

criPublished: 2024-05-22 16:57:42
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल आफूलाई "थाइवान स्वतन्त्रताको व्यावहारिक कार्यकर्ता" बताउने लाइ छिन तले चीनको थाइवान क्षेत्रको नेताको रूपमा पदभार ग्रहण गरे। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले लाइलाई बधाई दिएका छन्। यो अमेरिका र थाइवान क्षेत्रले गठबन्धन गरे नयाँ प्रस्तुती हो। तर उनीहरूले जतिसुकै कडा प्रयास गरेपनि एक चीन सिद्धान्तप्रति अन्तर्राष्ट्रिय समुदायको अडानलाई हल्लाउन सक्दैनन्।

थाइवान चीनको भाग हो। थाइवान समस्या चीनको मुख्य चासोको मूल,चीन-अमेरिका सम्बन्धको राजनीतिक आधार र चीन-अमेरिका सम्बन्धमा पहिलो दुर्लभ रातो रेखा हो। यसबारे अमेरिका अस्पष्ट हुनु जरुरी छैन। गत नोभेम्बरमा सान फ्रान्सिस्कोमा चिनियाँ र अमेरिकी राष्ट्रानायकबीच भएको भेटमा अमेरिकी नेताले "थाइवान स्वतन्त्रता" लाई समर्थन नगर्ने स्पष्ट प्रतिबद्धता जनाएका थिए। यस वर्ष अप्रिलमा चीन र अमेरिकाबीचको पहिलो फोन वार्तामा अमेरिकाले एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍यायो। जसबाट हेर्दा अमेरिकाको भनाई र गराईमा दोहोरो व्यवहार देखाएको छ।

अमेरिका र थाइवान क्षेत्रले जतिसुकै गठबन्धन गरेपनि संसारमा एउटा मात्र चीन छ र थाइवान चीनको हिस्सा हो भन्ने आधारभूत तथ्यलाई परिवर्तन गर्न सक्दैन। विश्वका १८३ देशले चीनसँगको कूटनीतिक सम्बन्ध स्थापना गरेबाट एक चीन सिद्धान्त जनताको आकांक्षा,विकासको सामान्य प्रवृत्ति हो भन्ने पूर्ण रूपमा प्रमाणित हुन्छ।

Share this story on

Messenger Pinterest LinkedIn