नेपाली

यस कोटीबाट चीनको अर्थव्यवस्थाप्रति बाह्य क्षेत्रको विश्वास

criPublished: 2024-05-18 18:22:29
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालै अन्तर्राष्ट्रिय व्यवस्थापन परामर्श कम्पनी कर्नीले सार्वजनिक गरेको विश्वव्यापी विदेशी व्यवसायको प्रत्यक्ष लगानी विश्वास सूचिका अनुसार, चीन गत वर्षको सातौँ स्थानबाट उठेर चालु वर्ष तेस्रो स्थानमा पुगेर नवोदित बजारमा पहिलो स्थानमा रहेको छ। मे १७ तारिख चीन सरकारले सार्वजनिक गरेको गत अप्रिल महिनाको आर्थिक स्थितिबाट बाह्य क्षेत्रको उक्त अनुमान प्रमाणित गरिएको हो।

केही दिन अगाडि तेस्रो विश्व व्यापार लगानी प्रबर्द्धन सम्मेलन पैचिङमा आयोजना गरिएको थियो। चीनका लागि विदेशका १८ वटा वाणिज्य संघले सो सम्मेलनमा सहभागी हुन प्रतिनिधि पठाएका थिए। जसबाट चीन यथावत रुपमा विश्वको लगानी भित्र्याउने लोकप्रिय ठाउँ भएको देखिन्छ। हिजोआज बाह्य वातावरण अरु जटिल, गम्भिर तथा अस्थिर रहेको छ। चीनको आर्थिक विकासमा पनि केही कठिनाइ देखा परेको छ। तैपनि समष्टिगत नीति प्रभावकारी रुपमा अपनाइएको सिलसिलामा चीनको आर्थिक स्थिति निरन्तर रुपमा पुन:उत्थान हुनेछ। धेरै विदेशी व्यवसायीहरुले भने झैँ, स्थिरताका साथ अघि बढ्ने चीनमा रहेका विदेशी व्यवसायहरुको विकासका लागि चीनले “बलियो आधार” प्रदान गर्नेछ।

Share this story on

Messenger Pinterest LinkedIn