नेपाली

“स्वर्ण मार्ग”मा प्रवेश भएको चीन-हंगेरी सम्बन्धद्वारा नयाँ मौकाको स्वागत

CRIPublished: 2024-05-10 18:18:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले हंगेरीको राजकीय भ्रमण गर्दाका दौरान दुई मुलुकका नेताहरूले संयुक्त वक्तव्य प्रकाशित गर्दै चीन-हंगेरी सम्बन्धलाई चौतर्फी रणनीतिक साझेदारी सम्बन्धमा नवयुगीन समग्र-मौसमको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको रुपमा माथि उकास्ने घोषणा गर्नुभयो।

चालू वर्ष चीन र हंगेरीबीच दौत्य सम्बन्ध स्थापनाको ७५औँ वार्षिकोत्सव हो। ७५ वर्षयता दुई मुलुकले पारस्परिक विश्वास र मद्दत दिएर साझा विजयको सहयोग गरेका छन्। कोरोना महामारीका बेला चीनले हंगेरीलाई धेरै महामारी प्रतिरोधी सामग्री प्रदान गरेको थियो। हंगेरीले धेरै पटक चीनको केन्द्रीय हितको संरक्षण गर्ने कुरा व्यक्त गरेको छ। हंगेरी पनि चीनसँग “बेल्ट एण्ड रोड” सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गरेको पहिलो यूरोपेली मुलुक हो। वास्तविकताबाट प्रमाणित गरिएअनुसार, चीन र हंगेरीको सम्बन्ध इतिहासमा सबैभन्दा राम्रो अवधिमा प्रवेश भएको छ।

चीन यूरोपबाहिर हंगेरीको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। हंगेरी चीनले मध्य पूर्वी क्षेत्रमा लगानी गरेको पहिलो गण्तव्य मुलुक र महत्वपूर्ण व्यापारिक साझेदार हो। हंगेरीका विदेश मन्त्री स्जिजार्टो पिटरले भन्नुभए झैँ हंगेरी र चीनको सहकार्यबाट चीनले यूरोपेली मुलुकहरूका लागि ठूलो मौका उपलब्ध गराएको कुरा प्रमाणित गरिएको छ।

दुई मुलुकको वक्तव्यअनुसार दुई पक्षले “बेल्ट एण्ड रोड”को साझा निर्माण प्रस्ताव र हंगेरीको “पूर्वतर्फ खुला हुने” रणनीतिलाई गहिरो रुपमा जोड्ने योजना अगाडि बढाउने छन्। हंगेरीका प्रधानमन्त्री ओर्बान भिक्टोरको विचारमा हंगेरीमा “बेल्ट एण्ड रोड”को उपलब्धि समस्त यूरोपसँग तुलना गर्न सकिँदैन। “बेल्ट एण्ड रोड”ले हंगेरीका लागि हजारौँ रोजगारीका अवसर र आर्थिक समृद्धि विकास गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn