नेपाली

चीन-फ्रान्स मतैक्यताबाट मानव जातिको सही विचारले निष्पक्षता र न्यायको संरक्षण गरेको प्रतिबिम्बित

criPublished: 2024-05-08 16:58:34
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मे ६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले फ्रान्सको राजकीय भ्रमण गर्दाको अवधिमा दुवै पक्षले “मध्य पूर्वी परिस्थिति सम्बन्धी चीन-फ्रान्स संयुक्त वक्तव्य” जारी गरेका छन्। दुवै पक्षले प्यालेष्टाइन-इजरायल भिडन्त, इरानी आणुविक समस्या र लालसागर सङ्कट लगायतका मध्य पूर्वी आपत्कालीन विषयहरूको सम्बन्धमा एउटै धारणा लिई साझा आवाज पनि उठाएका छन्।

उक्त वक्तव्यबाट मानव जातिको सही विचार र अन्तर्राष्ट्रिय समाजले निष्पक्षता र न्यायको संरक्षण गर्ने खोजेको प्रतिबिम्बित गरिएको छ। त्यस वक्तव्यले विश्व शान्ति र स्थिरताको संरक्षण गर्ने चीन र फ्रान्स दुवै ठूला देशको जिम्मेवारीबोधलाई देखाउँदै मध्य पूर्वी ध्यानाकर्षणका विषयहरूको समाधानका लागि महत्वपूर्ण शक्ति पनि दिएको छ।

हालको विश्व स्थिति अशान्त रहे तापनि चीन र फ्रान्सले मध्य पूर्वी परिस्थितिबारे मतैक्यता प्राप्त गर्नुका साथै बुद्धिमान र साहसलाई पनि देखाएका छन्। अर्को ६० वर्ष चीन र फ्रान्सले हातमा हात मिलाउँदै संयुक्त रूपमा डामाडोल विश्वका लागि आशा थप्नुका साथै मानव जातिको प्रगतिलाई सही दिशाको सर्वेक्षण गर्दै जानेछन्।

Share this story on

Messenger Pinterest LinkedIn