नेपाली

चीन-जर्मन सहमति नै पश्चिमी "हल्ला" को शक्तिशाली जवाफ

CRIPublished: 2024-04-17 15:52:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

३ जना मन्त्रीहरूले ३ दिनमा ३ वटा चिनियाँ शहरको भ्रमण गरेका साथै, सिमेन्स, बीएमडब्लू, मर्सिडीज-बेन्च लगायत धेरै ठूला जर्मन कम्पनीहरूका जिम्मेवार व्यक्तिहरूबाट गठित प्रतिनिधि टोलीले पनि साथ दिएको छ। नवीनता र सहयोगमा केन्द्रित धेरै कम्पनीहरूको भ्रमण गर्नुभयो...... पछिल्ला केही दिनयता जर्मन चान्सलर ओलाफ स्कोल्जको चीन भ्रमणले पश्चिमी जनमतको व्यापक नजर तानेको छ।

जर्मन चान्सलर स्कोल्जको चीन भ्रमणको अन्तिम दिन अर्थात् अप्रिल १६ तारिखमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङमा उहाँसँग भेटवार्ता गर्नुभयो। दुई देशका नेताबीच चीन-जर्मनी सम्बन्धको स्थिति र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय ध्यानाकर्षणका विषयमा गहन आदानप्रदान भयो। चीन र जर्मनीले धेरै महत्त्वपूर्ण मुद्दाहरूमा समान अडान लिन्छन् र दुवै देशले विश्वमा अधिक स्थिरता र निश्चितता प्रदान गर्न सँगै काम गर्न सक्दछन् भन्ने जनाइएको छ।

चालु वर्ष चीन र जर्मनीबीच चौतर्फी रणनीतिक साझेदारी सम्बन्ध स्थापना भएको १० औं वर्षगाँठ मनाइँदैछ । यद्यपि केही पश्चिमीहरूले "सम्बन्ध टुटाउने", "सञ्जाल बिच्छेद गर्ने" र "कथित चिनियाँ खतरालाई हटाउने" भन्ने वकालत गरे तापनि धेरै जर्मन कम्पनीहरू अझै पनि चिनियाँ बजारका बारेमा दृढ आशावादी छन्। चान्सलर स्कोल्जको चीन भ्रमण होस् वा जर्मन उद्यमको चिनियाँ बजारमा अझ गहन रुपमा काम गर्ने इच्छाबाट हेर्दा, चीन-जर्मन सम्बन्धको 'आधार' अझै स्थिर रहिरहेको देखिन्छ र चीनप्रति जर्मन सरकारको समग्र नीति तर्कसंगत र व्यावहारिक छ ।

चीन-जर्मनी सहकार्य दुवै पक्ष लगायत विश्वका लागि लाभदायक छ। विश्व जति अशान्त हुन्छ, चीन र जर्मनीले आफ्नो सम्बन्धको लचिलोपन र जीवन्ततालाई बढाउनुपर्छ। चीन र जर्मनीका उपलब्धिहरूले चीन-ईयू सहकार्यमा ठूलो योगदान पुर्याउनेछ साथै विश्व शान्ति र विकासलाई कमजोर पार्ने "हल्ला" लाई प्रभावकारी रूपमा हटाउने विश्वास गरिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn