नेपाली

नयाँ र पुराना साथीहरू उपभोग्य वस्तु एक्स्पोमा अवसरको आनन्द लिँदै

criPublished: 2024-04-16 19:03:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

'खुलापनका मौका बाँड्दै राम्रो जीवन सिर्जना गरौँ' भन्ने मूल नारा राखिएको चौथो चाइना अन्तर्राष्ट्रिय उपभोग्य वस्तु एक्स्पो (सीआईसीजीएफ) अप्रिल १३ देखि १८ सम्म चीनको हाइनान प्रान्तमा भइरहेको छ।

यस वर्षको सीआईसीजीएफ सन् २०२४ मा चीनको पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी हो। सो एक्सपोमा सहभागी उद्यमहरूलाई केलाएर हेर्दा, तीमध्ये लगातार चार वर्षसम्म उपभोक्ता एक्स्पोमा भाग लिँदै आएका पुराना मित्रहरू छन् भने पहिलेका एक्स्पोहरु मन परेर यस पटक पहिलो चोटी भाग लिएका नयाँ साथीहरू पनि छन्। सीआईसीजी चिनियाँ घरेलु र विदेशी बजारमा पारस्परिक लाभ र साझा जीत परिणाम पाउने झ्याल बनेको भन्न सकिन्छ।

३ वर्षअघि चीनको पहिलो राष्ट्रियस्तरीय प्रदर्शनीको रुपमा उपभोक्ता वस्तु एक्स्पो खोलिएको थियो। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पहिलो एक्स्पोलाई पठाउनुभएको बधाई सन्देशमा यसरी भन्नुभएको थियोः चाइना अन्तर्राष्ट्रिय उपभोक्ता वस्तु एक्स्पोको आयोजनाले गर्दा विश्वव्यापी उपभोग्य वस्तु प्रदर्शन र व्यापारिक प्लेटफर्म प्रदान गरिन्छ, जसले विश्वभरका विभिन्न देशहरूलाई चिनियाँ बजारका अवसरहरूको प्रयोग गर्न, विश्व अर्थतन्त्रको पुनरुत्थान र वृद्धिको प्रवर्द्धन गर्न, र विश्वका लागि अधिक उच्च गुणस्तरीय उपभोक्ता वस्तुहरू प्रदान गर्न मद्दत गर्ने गर्दछ।

पहिलो एक्स्पोदेखि चालु वर्षको चौथो एक्स्पोसम्म, सीआईसीजीएफ विगतको तुलनामा बढी रोमाञ्चक भएको भन्न सकिन्छ। साथै प्रदर्शनी क्षेत्रफल, सहभागी देशहरूको संख्या, ब्रान्डहरूको संख्या र किन्ने व्यापारीहरूको संख्या लगायतका सूचकहरूका नयाँ रेकर्डहरु पनि निरन्तर सिर्जना गरिने भएका छन्। यस वर्षको एक्स्पोमा ७१ वटा देश र क्षेत्रका ४००० भन्दा बढी ब्राण्डको सहभागिता रहेको छ। धेरै भन्दा धेरै विदेशी प्रदर्शकहरूले चीनको उपभोग क्षमताको दोहन गर्ने र एक्स्पोको प्लेटफर्ममार्फत चीनको विकास अवसरहरू बाँड्ने र प्रयोग गर्ने आशा व्यक्त गरेका छन्।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn