चीनको अर्थतन्त्रप्रति बाह्य क्षेत्रको आशावादी अनुमान प्रमाणित
“यो एउटा सक्रिय संकेत हो।” विगत दुई दिन चीनको अर्थतन्त्र सम्बन्धी तीनटा महत्त्वपूर्ण सूची एकै समयमा माथि गएको खबरलाई अन्तर्राष्ट्रिय जनमतले ठूलो ध्यान दिएको छ। यी अंकहरु चीनको आर्थिक पुन:उत्थान तिब्र गतिले भएको पछिल्लो चिन्ह हुन्, जसले सबैलाई प्रोत्साहित बनाएको छ। यसका साथै त्यसले विश्व अर्थतन्त्रमा पनि नयाँ प्रेरक शक्ति थप्ने छ।
यी तीनटा महत्त्वपूर्ण सूचीमध्ये खरिद प्रबन्धक सूचीलाई एक देशको समग्र आर्थिक परिस्थितिको चिन्ह मानिन्छ। त्यसले आर्थिक गतिबिधिको अनुगमन, अनुमान तथा पूर्व संकेत दिनका लागि महत्वपूर्ण भूमिका खेल्छ।
विश्वको दोस्रो आर्थिक समूदायका रुपमा चीनको आर्थिक विकास स्थिरताका साथ अघि बढेको कुरा विश्वका लागि निसन्देह एउटा राम्रो खबर हो। चीनले नयाँ गुणस्तरीय उत्पादित शक्तिलाई गतिशीलताका साथ विकसित गरेको कुराले अनेकन् सिर्जनात्मक उपलब्धिहरु विश्वसमक्ष ल्याउनुका साथै विश्वको आर्थिक विकासका लागि नयाँ प्रेरक शक्ति थप्ने छ।