फिलिपिन्समा "दयनीय बिक्री" को नयाँ चरण
दक्षिण चीन सागरमा फिलिपिन्सले थप 'नाटक' मञ्चन गरिरहेको छ। दक्षिण चीन सागरमा चिनियाँ टापु र चट्टानहरू कब्जा गर्ने आफ्नो इच्छा पूरा गर्न, फिलिपिन्सले गत हप्ताको अन्त्यमा यस्तो चाल फेरि दोहोर्याएको हो।
चिनियाँ तट रक्षक बलले कानुन र नियमअनुसार फिलिपिन्सको जहाजलाई रोकेको थियो र फिलिपिन्सको जहाजमा सवार कर्मचारीहरूले तुरुन्तै 'सेतो झण्डा' उठाएका थिए– यस्तो दृश्य मार्च २३ तारिख चीनको रन्आई चटान नजिकैको पानीमा भएको थियो। उक्त घटनापछि फिलिपिन्सका रक्षामन्त्री टिओडोरोले धम्की दिए, दक्षिण चीन सागरमा चीनको सार्वभौमिकताको दाबी अन्तर्राष्ट्रिय मध्यस्थतामा पेश गर्ने।
फिलिपिन्सले दक्षिण चीन सागरमा हालै बारम्बार घटना घटाउने गरेको छ। विश्लेषकहरूले यसको पछाडि तीन वटा गणना लुकेको औंल्याएका छन्।
पहिलो, फिलिपिन्सले अन्तर्राष्ट्रिय समुदायमा चीनको छविलाई 'नराम्रो बनाइ त्यसपछि चीनको दक्षिण चीन सागरमा फिलिपिन्सको अवैध गतिविधिको समर्थन खोज्ने प्रयास गरिरहेको छ।
दोस्रो, यसले दक्षिण चीन सागरको मुद्दालाई चर्चित बनाएर अमेरिकालाई क्षेत्रीय मामिलामा हस्तक्षेप गर्ने बहाना प्रदान गर्न खोजेको छ।
यसबाहेक, अमेरिका, जापान र फिलिपिन्सले अप्रिलमा वासिङ्टनमा शिखर सम्मेलनको आयोजना गर्नेछन् र दक्षिण चीन सागरको मुद्दालाई केन्द्रबिन्दु बनाउने अपेक्षा गरिएको छ। दक्षिण चीन सागरमा हालै फिलिपिन्सको बारम्बार प्रदर्शनको अर्को उद्देश्य शिखर सम्मेलनमा दक्षिण चीन सागरको मुद्दालाई चर्चित बनाउनको लागि थप "सामग्री" प्रदान गर्नु हो।
फिलिपिन्सका लागि अमेरिकी राजदूत कार्लसनले केही दिनअघि फिलिपिन्सका सञ्चारमाध्यमलाई दिनुभएको अन्तर्वार्तामा यसरी बताउनुभयो, अमेरिका र फिलिपिन्सबीचको पारस्परिक प्रतिरक्षा सन्धि यस क्षेत्रको द्वन्द्वको नियन्त्रणका लागि ठूलो महत्व रहेको छ।
मानिसहरू सोध्न चाहन्छन् कि अमेरिकाको उक्साहटमा, फिलिपिन्सले दक्षिण चीन सागरमा लगातार समस्या सिर्जना गरिरहेकोबाट क्षेत्रीय शान्ति र स्थिरतालाई "पिठ्युँमा छुरा प्रहार" गरिरहेको जस्तो छ। अमेरिका-फिलिपिन्स गठबन्धनबाट यसै क्षेत्रको लागि स्थिरता वा अशान्ति ल्याएको प्रश्नको उत्तर तथ्यबाट अघि नै दिइसकेको छ।