नेपाली

नाउरुका राष्ट्रपतिको पहिलोपटक चीन भ्रमणबाट प्रेषित सूचना

criPublished: 2024-03-26 20:17:11
Share
Share this with Close
Messenger Pinterest LinkedIn

मार्च २५ देखि २९ तारिखसम्म नाउरूका राष्ट्रपति डेभिड एडियनले चीनको राजकीय भ्रमण गर्नुभएको छ। यो जनवरीमा चीन र नाउरूले कूटनीतिक सम्बन्ध पुनर्स्थापना गरेदेखि नाउरूका राष्ट्रपतिले चीनको भ्रमण गर्नुभएको यो पहिलो पटक हो। २५ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले उहाँसँग भेटवार्ता गर्नुभएको छ। राष्ट्राध्यक्ष सीका अनुसार, मित्रतामा छिटो वा ढिलो भन्ने कुराको भिन्नता छैन, सुरूवात हुनुले नै उज्यालो भविष्यको संकेत गर्छ। सहयोगमा ठूलो वा सानो भन्ने भिन्नता छैन। सदिच्छापूर्ण भएमा प्रचुर उपलब्धि हासिल हुनेछ।

राष्ट्रपति एडियनले चीनले ठूला र साना देशहरू सबै समानता देखाएकोमा उच्च प्रशंसा गर्नुभयो। नाउरूले एक चीन नीतिको सुदृढ पालना गरेर चीनसँगको सहयोगलाई गहन पार्ने इच्छा राखेको छ। राष्ट्रनायकहरूको वार्ताबाट धेरै सूचना देखाइएको छ।

एक चीनको नीति चीन र नाउरूको सम्बन्धको विकासको आधार हो। राष्ट्रपति एडियन चीनको भ्रमणमा दुबै पक्षले यो सिद्धान्तलाई फेरि निश्चित गरेका छन्। जसबाट हेर्दा एक चीन विश्वव्यापी सहमति भइसकेको छ।

सो भ्रमणमा नाउरूले चीनसँग “बेल्ट एण्ड रोड” सहयोगात्मक सम्झौतामा हस्ताक्षर गरेको छ। प्रकाशित साझा वक्तव्य अनुसार चीनले विभिन्न क्षेत्रमा व्यवहारिक सहयोग दिएर नाउरूको स्वतन्त्र दिगो विकासलाई सक्दो समर्थन दिनेछ।

चीन र नाउरू दुवै “विश्वको दक्षिण”का सदस्य देश हुन्। यो भ्रमणले प्यासिफिक टापु क्षेत्रको शान्ति तथा विकासलाई घच्घच्याउनुका साथै दक्षिण-दक्षिण सहयोगलाई अगाडि बढाएर विकासोन्मुख देशहरूको अधिकार र फाइदाको संरक्षण र विस्तार गर्नेछ। यो मानव भाग्य समुदायको निर्माण गर्ने आवश्यकता पनि हो।

Share this story on

Messenger Pinterest LinkedIn