नेपाली

चीन-अष्ट्रेलिया सम्बन्ध सही लिगमा फर्कने आशा

criPublished: 2024-03-22 17:48:56
Share
Share this with Close
Messenger Pinterest LinkedIn

"विशाल पाण्डादेखि भन्सार करसम्म गरी सबै समस्याहरू चिनियाँ र अष्ट्रेलियाका विदेश मन्त्रीहरू बीच सदिच्छापूर्ण छलफलको टेबलमा रहेका छन्।" सातौँ चीन-अष्ट्रेलिया कूटनीतिक र रणनीतिक वार्ताप्रति अस्ट्रेलियन एसोसिएटेड प्रेसले यसरी टिप्पणी गरेको छ। यसले चीन-अष्ट्रेलिया सम्बन्धमा निरन्तर सुधार र विकास हुँदै गएको कुरा प्रमाणित हुन्छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरो सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले मार्चमा अस्ट्रेलियाको भ्रमण गर्नुभएको छ र यसले चीन-अष्ट्रेलिया सम्बन्धको "न्यानोपन" लाई अझ बढावा दिने विश्वास बाहिरी संसारले गरेको छ।

अस्ट्रेलिया भ्रमणका क्रममा दुई पक्षबीच धेरै भेटघाट र छलफल भएका छन् । चीनले विगत १० वर्षको सम्बन्धको विकासको अनुभव र पाठलाई संक्षेपमा प्रस्तुत गरेको र अहिले चीन-अष्ट्रेलिया सम्बन्ध सही बाटोमा फर्किसकेकाले दृढताका साथ अगाडि बढ्नुपर्ने बताएको छ। अस्ट्रेलियाली पक्षले अष्ट्रेलिया-चीन सम्बन्धलाई मतभेद र भिन्नताले परिभाषित गर्न नहुने र दुवै पक्षको साझा हितलाई सकेसम्म खोज्नुपर्ने बताएको छ।

चीनले जोड दिएझैँ चीन-अष्ट्रेलिया सम्बन्धले अगाडिको दिशा स्पष्ट गरेको छ जसले स्थिर, राम्रो र दीर्घकालीन समयसम्म अगाडि बढ्ने प्रयास गर्नुपर्छ। यो दुई राष्ट्रका जनताको साझा हितलाई अनुकूल छ र क्षेत्रीय देशहरूको साझा अपेक्षा पनि हो।

Share this story on

Messenger Pinterest LinkedIn