नेपाली

अमेरिकी लोकतन्त्र शिखर सम्मेलन: पाखण्डी लोकतन्त्रको मुकुण्डो

criPublished: 2024-03-19 18:41:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हाल अमेरिकी बाइडेन सरकारले उठाएको “लोकतन्त्र शिखर सम्मेलन” दक्षिण कोरियाको सोलमा आयोजना भएको छ। लोकतन्त्रको शिखरले विभिन्न मुलुकलाई लोकतान्त्रिक आदान-प्रदान, सहयोग र साझा विकासको मञ्च प्रदान गर्छ तर वास्तवमा त्यसबाट अमेरिकाको प्रभूत्व र पाखण्डी अनुहार मात्र देखाइएको छ।

सर्वप्रथम तथाकथित “लोकतन्त्र शिखर सम्मेलन” अमेरिकाले अन्तर्राष्ट्रिय समूहलाई विभिन्न वर्गसम्म विभाजित गरेको कुरा हो। अमेरिकाका आँखामा आफू र गठबन्धकहरू शिखरमा बस्छन् भने आफूसँगको सम्बन्ध र हितको हिसाबले अरू मुलुकलाई विभिन्न वर्गसम्म विभाजन गर्छ। यो क्रमबद्ध प्रणालीले लोकतान्त्रिक समानता सिद्धान्तको उल्लङ्घन मात्र गर्दैन अन्तर्राष्ट्रिय व्यवस्था र बहुसांस्कृतिक मान्यतालाई पनि कुल्चिन्छ।

दोस्रो, शिखर सम्मेलनमा आमन्त्रित मुलुकको नामावालीबाट उसको पाखण्ड देखाइएको छ। हालसम्म दक्षिण कोरियाले शिखर सम्मेलनका ठोस विषयबारे जानकारी दिएको छैन तर केही मिडियाले अमेरिकाले आफ्नो मापदण्ड तथाकथित “लोकतान्त्रिक मुलुक” छान्नेबारे रिपोर्ट गरेका छन्। अमेरिका भीओएका अनुसार, टर्की र थाइल्याण्डलाई फेरि एक पटक उक्त छनौट निमन्त्रणा सूचीमा राखिएको छैन। आलोचकले उल्लेख गरेका छन् कि केही आमन्त्रित मुलुक वास्तवमा “गैर-लोकतान्त्रिक शासन” हो जसबाट शिखर सम्मेलनको पाखण्डपूर्ण अनुहार देख्न सकिन्छ। दक्षिण कोरिया राष्ट्रिय शान्ति अनुसन्धान संस्थानका निर्देशक चङ सुशीले विश्लेषण गरेअनुसार, तथाकथित “लोकतन्त्र शिखर सम्मेलन”को स्थापनादेखि नै बाइडेन सरकारबाट विश्वलाई दुई भागमा विभाजन गर्ने र एकअर्काको विरोध गर्ने भनेर गहिरो रूपमा ब्रान्ड गरिएको छ। लोकतान्त्रिक अवधारणालाई राजनीतिकरण र साधनीकरण गर्ने उक्त गतिबिधिले लोकतन्त्रको सारबाट विचलित मात्र नभइ अमेरिकाको अन्तर्राष्ट्रिय विश्वसनीयतालाई पनि हानि पुर्‍याएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn