नेपाली

चिनियाँ शैलीको आधुनिकीकरण संयुक्त निर्माण, साझेदारी र जीत-जीतको आधुनिकीकरण हो

criPublished: 2024-03-14 15:55:09
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चीनका वार्षिक दुई अधिवेशन हालै सम्पन्न भएका छन्। विश्वले चीन हेर्ने महत्वपूर्ण झ्यालको रूपमा रहेका दुई अधिवेशनले विश्वको ध्यान तानिरहेका छन्। यस वर्षको दुई अधिवेशनमा चर्चित नयाँ गुणस्तरीय उत्पादन शक्ति, उच्च गुणस्तरीय विकास, सुधार तथा खुलापनलाई गहन पार्ने, उच्च गुणस्तरीय वैदेशिक खुलापनलाई विस्तृत पार्ने विषयबाट चुनौतीको सामना गर्ने चीनको विश्वास र विश्वसँग विकास अवसर बाँड्ने र मिलेर विकास गर्ने कारवाही तथा जिम्मा पनि देखाइएको छ।

अराजकतासँग गाँसिएको अन्तर्राष्ट्रिय स्थितिमा सन् २०२३ मा चीनको आर्थिक विकासले राम्रो उपलब्धि हासिल गरेको छ। प्रतिवेदनका अनुसार, सन् २०२३ मा चीनको आर्थिक अवस्था समग्र रूपमा राम्रो देखिन्छ, यस क्रममा जीडीपी १२६० खर्ब चिनियाँ युआन पुगेको छ भने वृद्धि दर ५.२ प्रतिशत पुगेको छ जुन विश्वका प्रमुख आर्थिक समूहहरूमध्ये अग्रस्थानमा रहेको छ। ठाडो रूपमा हेर्दा गत वर्ष चीनको आर्थिक तथा सामाजिक विकासको मुख्य सूचक सन् २०२२ को तुलनामा स्पष्ट रूपमा सुधार भएको छ। तेर्सो रूपमा हेर्दा विश्व जगतमा चीनको आर्थिक अवस्था पनि निकै उत्कृष्ठ देखिएको छ। सन् २०२३ मा चीनको आर्थिक वृद्धि दरले विश्वको ३ प्रतिशतको अपेक्षित वृद्धि दरलाई नाघेको छ भने विश्वका मुख्य आर्थिक समूहहरूमा अग्रस्थानमा रहेको छ। अन्तर्राष्ट्रिय वित्तीय मञ्चको प्रतिवेदनका अनुसार, सन् २०२३ मा विश्व आर्थिक वृद्धिमा चीनको योगदान दर ३२ प्रतिशत पुगेको छ भने विश्व आर्थिक वृद्धिको सबैभन्दा ठूलो इन्जिन बनेको छ।

वास्तवमा, विश्वको सबैभन्दा ठूलो विकासोन्मुख मुलुकको रूपमा रहेको चीनले सधैँ विश्व विकासमा योगदान दिने प्रतिबद्धता जनाएको छ। चीनले विश्वका विभिन्न मुलुकसँग मिलेर विकास गर्ने प्रयास गरिरहेको छ। चीनले आफूलाई विकास गर्नुका साथै आफ्नो विकास उपलब्धिको आधारमा विश्वको समृद्धि र स्थिरतालाई बढाएर विश्व विकास समुदायको रचना गर्न अडिग छ। चीनले प्रयास गरी १.४ अर्ब चिनियाँ जनतालाई फाइदा पुर्याउनुका साथै विश्व विकास कार्यलाई पनि योगदान गरेको छ। विश्व आर्थिक विकासमा चीनको योगदान दर ३० प्रतिशतभन्दा बढी पुगेको छ भने विश्वको गरिबी निवारणमा चीनको योगदान दर ७० प्रतिशतभन्दा बढी छ। चीनले १६६ वटा मुलुक र अन्तर्राष्ट्रिय संगठनलाई विकास उद्धार प्रदान गर्नुबाहेक १२० भन्दा बढी विकासोन्मुख मुलुकलाई संयुक्त राष्ट्र संघीय सहस्राब्दी विकास लक्ष्यको समर्थन गरेको छ। हालसम्म वेल्ट एन्ड रोड इनिशिएटिभमा विश्वका तीन चौथाइ मुलुकको सहभागिता छ भने लगभग दशौँ खर्ब अमेरिकी डलरको लगानी आकर्षित गरेको छ। साथै ३००० भन्दा बढी सहयोग कार्यक्रमको स्थापना गरी वेल्ट एन्ड रोड वरिपरिका मुलुकलाई ४.२ लाख रोजगार प्रदान गरेको छ र करोडौँ गरिब मानिसको गरिबीलाई निवारण गर्न सहयोग गरेको छ।

हाल नयाँ ऐतिहासिक मोडमा उभिँदा राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ गुणस्तरीय उत्पादन शक्ति भन्ने विकास अवधारणा प्रस्तुत गरी चीनलगायत विश्वको आर्थिक विकासलाई नयाँ शक्ति प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय समूहको व्यापक आकर्षण र प्रशंसा पनि पाउनुभएको छ। बेल्जियम-चीन आर्थिक तथा व्यापारिक समितिका अध्यक्ष दविथले राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ गुणस्तरीय उत्पादन शक्ति प्रस्तुत गर्नुभएबाट चीनले व्यावहारिक गतिविधि चलाएर चिनियाँ शैलीको आधुनिकीकरणको निर्माण गर्न प्रभावकारी रूपमा अघि बढाएको व्यक्त गर्नुभयो। चीनका लागि नेपालका पूर्व-राजदूत लिलामणि पौडेलले चीनको गतिविधिले नेपाललगायत समस्त विश्वलाई महत्वपूर्ण प्रभाव पार्ने बताउनुभयो। उहाँले राष्ट्राध्यक्ष सी चिनफिङले नयाँ गुणस्तरीय उत्पादन शक्ति प्रस्तुत गर्नुभएबाट नेपालले पनि सिक्नसक्ने भन्दै नेपाल उत्पादन शक्तिको प्रारम्भिक अवधिमा रहेकोले चीनबाट सिकेर आफ्नो विकास बाटो तयार गर्नुपर्ने तथा चीनसँग घनिष्ठ सहयोग गरी नेपालले आफ्नो नयाँ गुणस्तरीय उत्पादन शक्ति बनाउनसक्ने व्यक्त गर्नुभयो।

चिनियाँ शैलीको आधुनिकीकरण चीनको आफ्नो मात्र आधुनिकीकरण होइन। संयुक्त निर्माण,साझेदारी र जीत-जीतको आधुनिकीकरण हो।

Share this story on

Messenger Pinterest LinkedIn