नेपाली

एयर सिल्क रोडबाट चीन र नेपालबीच सांस्कृतिक आदानप्रदानको पुल बनाओस्

CRIPublished: 2024-03-08 19:48:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशन पैचिङमा जारी छ। सो राष्ट्रिय जनराजनीतिक परामर्शदात्री सम्मेलनमा विभिन्न क्षेत्रका सदस्यहरूले सक्रिय रूपमा राजनीतिक छलफलमा भाग लिँदैछन् साथै राय-सुझाव पनि दिँदैछन्।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्य एवम् चिनियाँ बुद्धिष्ट संघका उपाध्यक्ष तथा शेन्जेन होङ्फा मन्दिरका मठाधीश यिन शुनले “एयर सिल्क रोडको निर्माणलाई मजबुत बनाउने र बौद्ध धर्मको पवित्रभूमि लुम्बिनीमा सिधा उडान खोल्ने प्रस्ताव” ल्याउनुभएको छ।

महाभिक्षु यिनशुनका अनुसार, लुम्बिनी विश्वमा प्रसिद्ध बौद्ध सांस्कृतिक पवित्रस्थल हो। हाल चीनको मुख्य भूमिबाट काठमाडौँमार्फत् मात्रै त्यहाँ पुग्न सकिन्छ।

"सिधा उडान खोल्नु एयर सिल्क रोडको निर्माणलाई तीव्रता दिनुका साथै बौद्ध धर्मबारे लोक आदानप्रदानलाई गहन पार्न सहयोगी हुनेछ।” यिनशुनको विचारमा बौद्ध सांस्कृतिक आदानप्रदानमार्फत् दुई देशका जनताको मनलाई अझै जोड्नसकिन्छ।

त्यसैले उहाँले लुम्बिनीसित सिधा उडान सञ्चालनलाई बेल्ट एण्ड रोडको साझा उच्च गुणस्तरीय निर्माणमा जोड्न चीनको ८ वटा परियोजनामा, एयर सिल्क रोडको निर्माणमा र सिल्क रोड पर्यटकीय शहर गठबन्धन प्रणालीमा समावेश गर्न सुझाव दिनुभएको छ। उहाँले चीनका पहिलो तहका शहरहरुलाई मुख्य निकाय बनाएर र नजिक तथा सुविधाजनक रूपमा आन्तरिक वायुसेवा कम्पनीमार्फत् चाँडोभन्दा चाँडो चीन-लुम्बिनी सिधा नियमित उडान सञ्चालन गर्ने आशा व्यक्त गर्नुभएको छ।

लुम्बिनी धेरै चिनियाँ पर्यटकहरूलाई मन पर्ने पर्यटकीय गन्तव्य हो। म साथीहरूसँग तीन पटक त्यहाँ गइसकेकी छु। तथापि, यो भन्नुपर्छ कि यातायात असुविधाजनक र लामो समयको यात्रा भएकोले पर्यटकहरूले विचार गर्नुपर्ने समयको लागत हो। त्यसैले धेरै चिनियाँ पर्यटकहरूले आफ्नो लुम्बिनी यात्राको योजनालाई दुःखदरूपमा छोड्नुपर्छ।

“आधुनिकीकरणका लागि चिनियाँ मार्ग र छिमेकी देशका लागि नयाँ अवसर” विषयक गोलमेच वार्तामा वल्ड कल्चरल नेटका अध्यक्ष दिपक सरकारले यसरी भन्नुभयो-“बौद्ध संस्कृतिसँग सरोकार राख्ने चिनियाँहरू लुम्बिनी पुग्न चाहन्छन्।

चिनियाँहरूका लागि यस्तो सिधा उडानको अवश्यकता छ भनेर संकेत गरेको हो। त्यसमा हामी चीनसँग नै नेपालको पर्यटन पूर्वाधारहरूसँग सहकार्य गर्नुपर्छ। चिनियाँ पर्यटकहरूको संस्कृति स्वभावअनुसार उनीहरूको खानपान, बसाइ आदि तयार गर्नुपर्छ।”

त्यसैले यदि सदस्य यिनशुनको प्रस्तावलाई साकार पार्न सकियो भने लुम्बिनीको स्थानीय पर्यटनको विकासलाई घच्घच्याउने मात्र होइन, बौद्ध सांस्कृतिक आदानप्रदानद्वारा चीन र नेपालबीच सांस्कृतिक आदानप्रदानलाई मजबुत बनाउनेछ।

चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन चिनियाँ राजनीतिक जीवनमा सम्पूर्ण प्रक्रियागत जनताको प्रजातन्त्रको साकार गर्ने महत्वपूर्ण तरिका हो र राष्ट्रिय शासन प्रणालीमा महत्वपूर्ण भाग हो। चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको १४ औँ राष्ट्रिय समितिको पहिलो अधिवेशनदेखि फेब्रुअरीको अन्त्यसम्म पारीत भएका ९९.९ प्रतिशत प्रस्तावमा प्रस्तावकलाई जवाफ दिइसकेका छन्। त्यसैले लुम्बिनीसित सिधा उडान सञ्चालन गर्ने र एयर सिल्क रोडमार्फत् चीन र नेपालबीच सांस्कृतिक आदानप्रदानको पुल बनाउने पक्षमा प्रतिक्षारत् छौँ।

Share this story on

Messenger Pinterest LinkedIn