नेपाली

गाजा युद्ध विरामका लागि अमेरिका सबैभन्दा ठूलो अवरोध

criPublished: 2024-02-22 17:35:23
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समय फेब्रअरी २० तारिख अमेरिकी इन्टरनेट प्रयोगकर्ताहरुले इन्टरनेटमा असन्तोष व्यक्त गरेका छन्। किनकि अमेरिकाले सोही दिन फेरि गाजा सम्बन्धी संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको निर्णय प्रस्तावको मस्यौदामाथि भिटो लगाएको छ। अमेरिकाले भिटो लगाएको गतिबिधिप्रति चीन लगायत सुरक्षा परिषदका सदस्य मुलुकहरुले कडा शब्दमा असन्तोष तथा निराशा व्यक्त गरेका छन्।

अमेरिकाले एकातिर प्यालेष्टाइन इजरायल युद्ध विरामका लागि सुरक्षा परिषदको निर्णय प्रस्तावको मस्यौदामाथि भिटो लगाउँदै आएको छ भने अर्कातिर निरन्तर रुपमा इजरायललाई सैनिक सहायता पुर्‍याउँदै आएको छ। जसबाट प्यालेष्टाइन इजरायल युद्ध चर्कँदै आएको छ। मध्य पूर्व क्षेत्रको खतरनाक स्थितिका लागि अमेरिकाले सबैभन्दा ठूलो जिम्मेवारी लिनुपर्छ। अमेरिकाले हत्या गतिबिधिको निरन्तर रुपमा समर्थन दिने हो भने गाजा युद्ध सम्पूर्ण क्षेत्रमा विस्तार भएर आपत्तकालीन अवस्था बन्नेछ। सुरक्षा परिषदले अरु बढी पाइला सार्न आवश्यक छ। अमेरिकाको निषेधाधिकार गाजा युद्ध विरामका लागि अवरोध बन्नु हुँदैन।

Share this story on

Messenger Pinterest LinkedIn