नेपाली

कोहीले संयुक्त राष्ट्र संघमा अझ बढी मानिसद्वारा वास्तविक सिन्च्याङबारे जानकारी

criPublished: 2024-01-25 16:11:37
Share
Share this with Close
Messenger Pinterest LinkedIn

जनवरी २३ तारिख जेनेभामा संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्को चौथो चरणको विभिन्न देशको मानव अधिकार सम्बन्धी लेखाजोखा गरिएको छ। त्यस क्रममा चीन पक्षले चीनको मानव अधिकार विकास हुने प्रक्रिया र प्रतिफलबारे जानकारी दिएको छ। १२० भन्दा बढी मुलुकले त्यसको सकारात्मक मूल्याङ्कन गरेका छन्।

जनवरी २३ तारिख चीनले चीनको आतंकवाद विरूद्ध कानुनी व्यवस्था प्रणाली र वास्तविकता शीर्षकमा एउटा श्वेत पत्र जारी गर्दै विस्तृत रूपमा आतंकवाद विरोधी चीनको कारवाई र उपलब्धिबारे जानकारी दिएको छ। त्यसैगरी बाह्य जगतका लागि सिन्च्याङको परिवर्तनबारे बुझ्न उत्तर पनि दिएको छ। जनमतका अनुसार, चिनियाँ सर्वसाधारणको सुरक्षा अनुभव सन् २०१२ को ८७.५५ प्रतिशतबाट बढेर सन् २०२१ को ९८.६२ प्रतिशतसम्म पुगेकाले निरन्तर रूपमा उच्च स्थानलाई कायम राख्दै आएको देखिन्छ।

वर्तमान विश्व त्यति शान्त छैन। आतंकवाद विरोधी अन्तर्राष्ट्रिय परिस्थिति अझ जटिल र कठिन छ। यस्तो पृष्ठभूमिमा चीनले कानुन बमोजिम आतंकवादको विरोध गरेकाले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा र स्थिरताको संरक्षण गर्नुका साथै पूरै विश्वको मानव अधिकारको सञ्चालनका लागि महत्वपूर्ण योगदान पनि दिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn