नेपाली

चीन-भियतनाम सम्बन्धको नयाँ उचाइ जनताको आकांक्षा

CRIPublished: 2023-12-15 16:13:54
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दुई देशबीचको मित्रता जनता-जनताबीचको सम्बन्धमा निहित छ। भियतनाम भ्रमणका क्रममा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले दुई देशका मैत्रीपूर्ण व्यक्तित्वहरू, विशेषगरी युवा पुस्तालाई सन्देश दिनुभयो। साथै जनता-जनताबीचको सम्बन्धलाई प्रगाढ पार्ने विषयमा पनि दुई पक्षबीच सहमति भएको छ। यी सबै कुराले चीन-भियतनाम सम्बन्धको नयाँ विकासका लागि जनमतको बलियो जग बसालेको छ।

"भियतनाम र चीनलाई, नदी र पहाडले जोड्छ" – भियतनामीमाझ लोकप्रिय यो प्रसिद्ध गीतमा दुई देशहरू बीचको दीर्घकालीन मित्रताको बारेमा वर्णन गरिएको छ। चीन र भियतनामबीच रणनीतिक महत्व भएका संयुक्त भाग्य समुदायको निर्माण नै द्विपक्षीय सम्बन्धको विकासका लागि नयाँ प्रारम्भिक बिन्दु बन्नेछ। जसले दुई देशका जनतालाई सँगसँगै राम्रो जीवन बिताउन सक्षम बनाउने मात्र नभई, एसिया-प्रशान्त क्षेत्र लगायत विश्वमा पनि थप सकारात्मक ऊर्जा ल्याउने विश्वास गरिएको छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn