नेपाली

वार्षिक आर्थिक सम्मेलनबाट "चीनमा लगानी" ब्राण्डिङको मूल्यको बारेमा गहन बुझाइ

CRIPublished: 2023-12-14 17:20:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा चीनको आर्थिक नीतिले विश्वको ठूलो ध्यान तानिरहेको छ। गत डिसेम्बर ११ देखि १२ आयोजित केन्द्रीय आर्थिक कार्य सम्मेलनमा आगामी वर्ष अर्थतन्त्रलाई नौ पक्षमा कसरी अगाडि बढाउने भन्ने बारेमा स्पष्ट पारियो। "स्थिरता कायम गर्दै प्रगतिको खोजीमा लागिरहनु, प्रगतिमार्फत् स्थिरतालाई बढाउनु" र "आर्थिक पुनरुत्थानको बढ्दो प्रवृत्तिलाई निरन्तर सुदृढ र वृद्धि गर्नु" लगायतका निर्देशनबाट यस सम्मेलनले अर्को वर्षको आर्थिक कार्यका लागि स्पष्ट मार्गदर्शन प्रदान गरिएको छ। साथै चीनको आफ्नो विकासमार्फत विश्व अर्थतन्त्रको पुनरुत्थानलाई बढाउँदै गरेको निरन्तर प्रयास पनि बाह्य विश्वले हेरेको छ।

स्थिरता कायम गर्दै प्रगति खोज्ने चीनको विकास आफ्नो अर्थतन्त्रको अभ्यासबाटै आएको हो। यस वर्ष चीन नै विश्व अर्थतन्त्रको सबैभन्दा ठूलो इन्जिन रहने अनुमान धेरै अन्तर्राष्ट्रिय संगठनहरूले गरेका छन्।

सन् २०२४ मा, विश्वव्यापी आर्थिक पुनरुत्थान कमजोर हुने पृष्ठभूमिमा, अनिश्चितताबाट जोगिन थप शक्तिको आवश्यकता चाहिन्छ। "सक्रिय वित्तीय नीति र विवेकपूर्ण मौद्रिक नीति लागू जारी राख्ने" भन्ने अर्को वर्ष चीनको आर्थिक नीतिको अभिमुखीकरणबाट, विश्वमा कम पाइने स्थिरता र निरन्तरता मानिसहरूले देखेका छन्। विदेशी लगानीकर्ताले खोजिरहेको विकासको सुनिश्चितता पनि यही नै हो।

प्रगतिमार्फत् स्थिरतालाई बढाउँदा वैज्ञानिक र प्राविधिक नवीनताबाट अविभाज्य छ। अर्कोवर्ष प्राविधिक रूपान्तरणमार्फत परम्परागत उद्योगहरूको उन्नयन होस् वा उच्च प्रविधि उद्योगको विकास, यी सबैले चीनमा विदेशी लगानीको विकासको लागि थप स्थान सिर्जना गर्नेछ।

सो सम्मेलनमा आगामी वर्ष "आन्तरिक मागको विस्तारमा ध्यान केन्द्रित गर्ने", परम्परागत उपभोगलाई स्थिर र विस्तार गर्ने र नयाँ उपभोगको विस्तार गर्ने कुरामा जोड दिइएको छ। जसले "चीनमा लगानी गर्ने" विदेशी पूंजीका लागि थप अवसरहरू ल्याउनेछ।

हाल अमेरिका र केही पश्चिमी मुलुकहरूले "सानो आँगन र अग्ला पर्खालहरू" र "सम्बन्ध बिच्छेद" गतिविधि गरिरकेको वर्तमान परिस्थितिमा, "चीनमा लगानी गर्ने" कारण उच्च-स्तरीय खुलापन विस्तार गर्ने चीनको दृढताबाट उत्पन्न हुन्छ।

यस पटकको सम्मेलनमा गरिएको बन्दोबस्तको परिप्रेक्ष्यबाट हेर्दा, दूरसञ्चार र चिकित्सा हेरचाह जस्ता सेवा उद्योगहरू बजारमा प्रवेश गर्ने मापदण्डलाई खुकुलो पारिने,अन्तर्राष्ट्रिय आर्थिक तथा व्यापारिक उच्च स्तरीय खुलापन नियमहरूसँग मिलाउने र बेल्ट एण्ड रोड सम्बन्धि उच्च-गुणस्तरिय सहयोगको आठ कार्यहरूको कार्यान्वयनलाई समर्थन गर्ने लगायत खुलापन सम्बन्धी शृङ्खलाबद्ध कदमहरूबाट खुला विश्व अर्थतन्त्रको निर्माण गर्ने चीनको दृढतालाई प्रतिबिम्बित गरिएको छ। खुला चीन सधैँ नै व्यापार अवसर विस्तार गर्ने विभिन्न देशहरूका लागि सबैभन्दा राम्रो विकल्प रहिरहेको छ र रहिरहने छ।

सन् २०२४ चुनौतीभन्दा अवसर बढी हुने वर्ष हो। केन्द्रीय आर्थिक कार्य सम्मेलनलाई नयाँ प्रारम्भिक बिन्दुको रूपमा लिएर, निरन्तर "आर्थिक पुनरुत्थानको बढ्दो प्रवृत्तिलाई सुदृढ र वृद्धि गर्ने" क्षमता र शर्तहरू चीनसँग छ। यस प्रक्रियामा, ‘चीनमा लगानी गर्ने" नीतिको मूल्य अधिक स्पष्ट हुँदै जाने छ।

Share this story on

Messenger Pinterest LinkedIn