नेपाली

विश्व मानवअधिकारको विकासलाई चिनियाँ योगदान र कार्यक्रम प्रदान

criPublished: 2023-12-08 16:44:20
Share
Share this with Close
Messenger Pinterest LinkedIn

डिसेम्बर ५ तारिख विश्व मानवअधिकार घोषणापत्र जारी भएको ७५औँ वार्षिकोत्सवको उपलक्ष्यमा अन्तर्राष्ट्रिय गोष्ठी पैचिङमा आयोजना गरियो। चिनियाँ तथा विदेशी अतिथिले विश्व मानवअधिकार घोषणापत्रको ऐतिहासिक भूमिका र समयको मूल्यबारे गहिरो रूपमा छलफल गर्नुका साथै एकताबद्ध सहयोगको प्रोत्साहन गरी विश्व मानवअधिकार कार्यको विकासमा अरू सक्रियता थपेका छन्।

सन् १९४८ को डिसेम्बर १० तारिख संयुक्त राष्ट्रसंघले विश्व मानवअधिकार घोषणा पत्र पारित गरेको थियो। ७५ वर्षयता अन्तर्राष्ट्रिय समाजले घोषणापत्रको लक्ष्यलाई पूरा गर्न हातमा हात मिलाएर अन्तर्राष्ट्रिय मानवअधिकार प्रणालीको सुधार गरी विभिन्न मुलुकको मानवअधिकारको संरक्षणलाई अघि बढाएको छ।

चीन विश्व मानवअधिकार घोषणापत्र भावनाको सक्रिय वकालतकर्ता हो। चीनले जनता केन्द्रित जनताको लागि विकास, जनसहभागितामूलक विकास र विकास उपलब्धि साझा गर्ने गरेको छ। बुरून्डीको कूटनीति र विकास सहयोग मन्त्रालयका सहायक मन्त्री सिल्डी मानिलेलेकानाले गोष्ठीमा बोल्दै चीनको मानवअधिकार विकासले विश्व मानवअधिकार शासनको लागि असल अनुभव प्रदान गरेको व्यक्त गर्नुभयो।

चीनले विश्व मानवअधिकार शासनमा पनि सक्रिय रूपमा संलग्न भएर विश्व मानवअधिकार कार्य विकासलाई चिनियाँ योगदान र कार्यक्रम प्रदान गरेको छ। हाल विश्व मानवअधिकार शासनसमक्ष गम्भीर चुनौती देखापरेको छ र केही मुलुकले मानवअधिकार विषयमा दोहोरो मापदण्ड अपनाएर मानवअधिकारको विषयलाई रानीतिकरण वा अस्त्रीकरण गरेर विश्व मानवअधिकार कार्यको स्वस्थ विकासमा बाधा पुर्याएका छन्। चीनले संयुक्त राष्ट्र संघीय बडापत्र र विश्व मानवअधिकार घोषणापत्रको भावनाको पालना गरिरहेको छ साथै संयुक्त राष्ट्र संघीय मानवअधिकार परिषदलगायत बहु-पक्षीय मानवअधिकार एकाइको कार्यमा गहिरो रूपमा संलग्न भएर अनेक महत्वपूर्ण मानवअधिकार सन्धि, धोषणापत्रको सम्पन्न गर्न प्रयास गरेको छ। चीनले संयुक्त राष्ट्र संघीय मानवअधिकार प्रणाली र अरू ३०भन्दा बढी मुलुक र क्षेत्रसँग आदान-प्रदान र सहयोग गरी विश्व मानवअधिकार कार्यको विकासलाई चिनियाँ शक्ति प्रदान गरेको छ। भेनेजुएला नव उदीयमान आर्थिक समूह विकास उच्च अध्ययन केन्द्रका प्रमुख लुइस डेल्गालोको विचारमा चीनले उठाएका अनेक विचार र प्रस्तावले संयुक्त प्रयास गरी विश्व मानवअधिकार शासनको अझ न्यायिक, निष्पक्ष, उदार विकासलाई अघि बढाएको छ जसले अझ निष्पक्ष र दीगो विश्व मानवअधिकार शासनलाई सक्रिय योगदान गर्नेछ।

विश्वमा एकै मानवअधिकार विकास बाटो हुँदैन। विभिन्न मुलुकको आफ्नो मानवअधिकार विकास बाटो छान्ने अधिकार छ। विभिन्न मुलुकबीच आपसी सम्मान र आदान-प्रदान हुनुपर्छ। मानवअधिकारको विकास र संरक्षण गर्न अडिग रहेर चीनले विश्व मानवअधिकार शासनमा सक्रिय संलग्न भई विश्व मानवअधिकार कार्यको विकासलाई अझ बढाउनेछ।

Share this story on

Messenger Pinterest LinkedIn