नेपाली

अमेरिका तथा युरोपका व्यवासयीहरु “शृङ्खला एक्स्पोमा” सक्रिय सहभागी

criPublished: 2023-11-30 17:07:11
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर २८ तारिख पैचिङमा उद्घाटन भएको चिनियाँ अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला एक्स्पोको एउटा आकर्षण अमेरिका तथा युरोपका धेरै व्यवसायीहरुको सक्रिय संलग्नता हो। यस एक्स्पोमा अमेरिका तथा युरोपका व्यवसायीहरुको संख्या अनुमानभन्दा धेरै बढी रहेको छ, जुन सो एक्स्पोमा सहभागी विदेशी व्यवसायीहरुमध्ये ३६ प्रतिशत रहेको छ। आपूर्ति शृङ्खलालाई मुख्य विषय बनाइएको विश्वको पहिलो राष्ट्रिय एक्स्पोको रुपमा यस पटकको अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खला एक्स्पोले डिजिटल मोटर-गाडी शृङ्खला, हरित कृषि शृङ्खला, डिजिटल विज्ञान तथा प्रविधि शृङ्खला लगायत पाँच शृङ्खला तथा आपूर्ति शृङ्खला सम्बन्धी सेवा प्रदर्शनी क्षेत्र राखेको छ। पाँच दिने अवधिमा ५५ मुलुक तथा क्षेत्रका ५ सय भन्दा बढी चिनियाँ तथा विदेशी व्यवसायहरुले विभिन्न शृङ्खलाको नयाँ प्रविधि, नयाँ उत्पादक वस्तु तथा नयाँ सेवाको प्रदर्शन गर्ने छन्।

अमेरिका तथा युरोपका व्यवसायहरुले चीनलाई छानेको कुराबाट विश्वको आपूर्ति शृङ्खलाको व्यवस्थापनमा चीनको महत्त्व अभिव्यक्त गरिएको छ। चीनले विश्वको आपूर्ति शृङ्खला सम्बन्धी सहयोगका लागि बजारको ठूलो अवसर, विदेशका लागि खुलापनको अवसर तथा निरन्तर रुपमा देखा पर्दै आएको सिर्जनात्मक अवसर प्रदान गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn