नेपाली

“परिवर्तन गर्न नसकिने”तीन छिमेकी मुलुक बीचको सम्बन्ध नयाँ अवधिमा

criPublished: 2023-11-28 17:48:30
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चार वर्षपछि चीन, जापान र दक्षिण कोरियाका विदेश मन्त्री बीचको भेट भएको छ। नोभेम्बर २६ तारिख दक्षिण कोरियाको बुसानमा आयोजित चीन, जापान र दक्षिण कोरियाका विदेश मन्त्री बीचको दशौँ बैठकमा तीन मुलुकले त्रिपक्षीय सहयोगलाई गहन पार्ने विषयमा थुप्रै सहमति प्राप्त गर्नुका साथै साझा चासो भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलाहरुबारे बैचारिक आदान-प्रदान गरेका छन्। यस पटकको विदेश मन्त्री स्तरीय सम्मेलनले आगामी चरणमा चीन, जापान र दक्षिण कोरियाका नेता बीचको सम्मेलनको आयोजना गर्नका लागि वातावरण तयार गरेको जनमतले ठहर गरेको छ।

“परिवर्तन गर्न नसकिने छिमेकी मुलुक” भनेको चीन, जापान र दक्षिण कोरिया जोड्ने तथा उस्तै संस्कृति भएको वास्तविकता हो। चीन, जापान र दक्षिण कोरिया परिवर्तन गर्न नसकिने छिमेकी मुलुक हुनुका साथै अलग पार्न नसकिने साझेदार पनि हुन्। जापान तथा दक्षिण कोरियाले चीन जस्तै इच्छा तथा अठोट देखाएर चीनसँगै अघि बढेर तीन पक्ष बीचको सहयोगलाई स्थिरताका साथ अघि बढाउन सक्ने आशा चीनले गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn