नेपाली

#विश्व दृष्टिकोण# प्यालेष्टाइन र इजरेल समस्यामा चिनियाँ प्रयासको अन्तर्राष्ट्रिय जगतद्वारा हार्दिक स्वागत

criPublished: 2023-11-23 16:46:16
Share
Share this with Close
Messenger Pinterest LinkedIn

प्यालेष्टाइन र इजरेलबीचको द्वन्द एक महिनाभन्दा लामो समयदेखि जारी छ। जसमा दुई पक्षका १५ हजार ५०० जनाको मृत्यु भएको छ। त्यसमध्ये गाजा क्षेत्रका करिब ५ हजार ८०० बालबालिका छन्। यस्तो पृष्ठभमिमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले तीनवटा “वर्तमानका जरूरी” प्रस्तुत गर्नुभएको छ। उहाँले द्वन्दका विभिन्न पक्षले तत्काल युद्धविराम गर्नुपर्ने, मानवीय सहायता मञ्चको सुरक्षा र सञ्चालनको प्रत्याभूति गर्नुपर्ने र द्वन्दको विस्तार रोक्न अपील गर्नुका साथै द्वन्दको चक्र रोक्नुपर्ने मूल उपाय “दुई देश योजना”को व्यवहार भएको विषयमा जोड दिनुभएको छ। जसले वर्तमान र दीर्घकालीन रुपमा प्यालेष्टाइन र इजरेलबीचको समस्याको प्रभावकारी सामना गर्न दिशानिर्देश गरेको छ।

यद्यपि चीन र मध्य-पूर्वी क्षेत्रबीच लामो दूरी भए तापनि मध्य-पूर्वी मामिलामा चीन दर्शक मात्रै होइन। सन् २०१३ र २०१७ मा राष्ट्राध्यक्ष सी चिनफिङले प्यालेष्टाइन तथा इजरेल समस्याको समाधानबारे चार धारणा प्रस्तुत गर्नुभएको थियो। यसै जुनमा चीनको भ्रमण गर्नुभएका इजरेली राष्ट्रपति अब्बाससँग उहाँले तीनवटा धारणा प्रस्तुत गर्नुभएको थियो। यसपटक संघर्षपछि उहाँले इजिप्टका प्रधानमन्त्रीसँग वार्ता गर्दै चीनको सिद्धान्त तथा अडानको व्याख्या गर्नुभयो। प्यालेष्टाइन तथा इजरेल समस्याबारे चीनको केन्द्रिय नीतिमा परिवर्तन आएको छैन। यो युद्धविराम बढाउनु, शान्ति तथा वार्ता घच्घच्याउनु र “दुई देश योजना”को व्यवहारमा उतार्नु हो।

राष्ट्राध्यक्ष सीले भाषण गर्नुभएअघि एक दिनमा अरबेली र इस्लामिक देशका विदेशमन्त्रीको संयुक्त मण्डलले चीनको भ्रमण गरेको थियो। उनीहरूले चीनलाई अन्तर्राष्ट्रिय मध्यस्थताको प्रथम बिसौनीका रुपमा रोजेका छन्। जसले चीनमाथि दिएको उच्च विश्वास र चीनको निष्पक्ष अडानको उच्च अनुमोदन देखाएको छ।चीनले धेरै प्रयास गरेको छ। यसपटक भीडन्त सुरू भएदेखि नै चीनले सम्बन्धित विभिन्न पक्षका नेतागणसँग भेट-वार्ता गरेको थियो। चीनले प्यालेस्टिनी राष्ट्रिय प्राधिकरण र संयुक्त राष्ट्र संघमार्फत् २० लाख डलरको आपतकालीन मानवीय सहायता दिनुका साथै इजिप्टमार्फत् गाजालाई १ करोड ५० लाख चिनियाँ युआन खाद्य तथा औषधि सहायता दिएको छ।

नोभेम्बर १ तारिखदेखि राष्ट्र संघीय सुरक्षा परिषदको वर्तमान अध्यक्ष नियुक्त भएको चीनले सुरक्षा परिषदलाई १५ तारिख नं २७१२ निर्णय पारित गर्न घच्घच्याएको छ। यो यसपटक प्यालेष्टाइन र इजरेलबीच द्वन्द्व भएयता सुरक्षा परिषदले पारित गरेको पहिलो सम्बन्धित परिणाम हो र सात वर्षमा प्यालेष्टाइन र इजरेल समस्याबारे पारित पहिलो निर्णय हो। विश्लेषकका अनुसार, त्यसमा चीनले ठूलो प्रयास गरेर जिम्मेवारी देखाएको छ। जसले चीन सधैं विश्व शान्तिको निर्माणकर्ता र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षक भएको फेरि पुष्टि गरिएको छ।

विभिन्न पक्षको साझा प्रयासमा २२ तारिख इजरेल सरकार र हामासले चार दिने युद्धविरामको छुट्टा-छुट्टै घोषणा गरेका छन्।

Share this story on

Messenger Pinterest LinkedIn