नेपाली

आगामी 30 वर्षमा अर्को चमत्कार सिर्जना गर्न एपेकले लिनुपर्ने बाटो

criPublished: 2023-11-19 15:41:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

यस वर्ष एशिया-प्रशान्त आर्थिक सहयोग एपेक नेता स्तरीय अनौपचारिक बैठकको ३० औं वार्षिकोत्सव मनाइएको छ। धेरै मानिसहरू एसिया-प्रशान्त विकासको अर्को "स्वर्ण ३० वर्ष" कसरी सिर्जना गर्ने भनेर सोचिरहेका छन्। स्थानीय समय अनुसार नोभेम्बर १७ तारिख अमेरिकाको सान फ्रान्सिस्कोमा सम्पन्न ३० औँ एपेक नेताहरूको अनौपचारिक बैठकमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले एसिया-प्रशान्त क्षेत्रमा उच्च गुणस्तरीय वृद्धिको प्रवर्द्धन गर्न संयुक्त प्रयास गर्न आह्वान गर्नुभयो र चीनले चिनियाँ शैलीको आधुनिकीकरणले विश्वभरका देशहरूको आधुनिकीकरणलाई बढावा दिन नयाँ अवसरहरू उपलब्ध गराउने बचनबद्धता गर्नुभयो।

तीस वर्ष बितिसक्यो र संसारमा धेरै परिवर्तन भइसकेको छ। एशिया-प्रशान्त विश्व अर्थतन्त्रको सबैभन्दा गतिशील वृद्धि क्षेत्र बनेको छ। तर एकै समयमा यसका सामु उल्टो भूमण्डलीकरण, असमान विकास, भू-राजनीतिक प्रतिस्पर्धा र जलवायु परिवर्तन जस्ता चुनौतीहरू पनि देखापरेका छन्। यस पृष्ठभूमिमा राष्ट्राध्यक्क्ष सीले यस एपेक शिखर सम्मेलनमा "मूल उद्देश्यमा अडिग रहन, एकताबद्ध र सहयोग गर्न र एसिया-प्रशान्त क्षेत्रमा उच्च गुणस्तरको वृद्धिलाई प्रवर्द्धन गर्न सहकार्य"को वकालत गर्नुभयो। इतिहासदेखि वर्तमान र भविष्यसम्म एशिया-प्रशान्त सधैं आपसी उपलब्धि, पारस्परिक लाभ र साझा जीत परिणामका लागि एक विकास प्लेटफर्म हुनुपर्दछ।

Share this story on

Messenger Pinterest LinkedIn