नेपाली

वेल्ट एन्ड रोडबाट चीन-नेपाल व्यापारको आउटलुक अझ व्यापक

criPublished: 2023-11-17 17:25:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गत वर्षको अन्तमा चीन र नेपाल सीमा नाका पुनःखोलेयता चीन र नेपालबीचको सीमा व्यापार तिव्र गतिमा बढेको छ। नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कका अनुसार, यस आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चीनका लागि नेपालको निर्यात मात्रा ७३ करोड २० लाख रूपियाँ पुगेको छ भने गत वर्षको सोही अवधिको तुलनामा ३४६ प्रतिशत बढेको छ। तीमध्ये ३९ करोड २० लाख रूपियाँको सामान रसुवा नाकाबाट निर्यात भएको हो जुन चीनका लागि कूल निर्यात मात्राको ५४ प्रतिशत पुगेको छ। जसबाट चीन र नेपालबीचको सीमा व्यापार माग स्पष्ट रूपमा देखिएको छ

सन् २०२१ मा विश्व बैङ्कले नेपाल विकास प्रतिवेदनको सार्वजनिक गरेअनुसार, नेपालमा विकास नभएको संभावित निर्यात क्षमता लगभग ९ अर्ब २० करोड अमेरिका डलर छ। तीमध्ये चीनका लागि संभावित क्षमता सबभन्दा ठूलो छ भने २ अर्ब २० करोड अमेरिकी डलर पुगेको छ। चीनले नेपालको निर्यात चाहना पूरा गर्न पनि प्रयास गरिरहेको छ। गत सेप्टेम्बर नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनको भ्रमण गर्दा चीनसँग “नेपाली चिनियाँ औषधि वनस्पति स्रोत औषधिजन्य सामग्री चीनमा निर्यातका लागि फाइटोसेनेटरी आवश्यकतासम्बन्धी प्रोटोकल”मा हस्ताक्षर गर्नुभएको थियो। नेपाल कृषि तथा पशुपालन उद्योग विकास विभागका अनुसार, उक्त प्रोटोकलमा १५ किसिमतका औषधि चीनमा निर्यात गर्न स्वीकृत भएको छ।

सीमा व्यापार चीन र नेपाल व्यापार प्लेटफोर्ममध्येको एक हो। चीनमा बस्ने नेपाली व्यापारीमध्ये एक हुनुहुन्छ शंकर कोइराला। उहाँले गत महिना शाङहाइमा आयोजित सीआइआइईमा धेरै नयाँ ग्राहक भेट्नुभयो। उहाँले यो एक्स्पोमा भाग लिनुभएको चौथो पटक हो। साथै प्रदर्शन हल विस्तृत भएको पनि चौथो पटक हो। पहिलो भाग लिँदा प्रदर्शन हल ९ वर्गमिटर मात्र थियो भने यस वर्ष ५४ वर्ग मिटरसम्म बढेको छ। व्यापार पनि राम्रो हुँदैआएको छ। कोइरालाले भेटाउनुभयो कि सीआइआइईमार्फत आफूले जतातत्तै ग्राहक भेटाउनुपर्दैन। हाल चीनमा हरेक महिना उहाँको २ लाख चिनियाँ युआन बिक्री मात्रा पुग्छ भने भर्खरै चीन पुगेको बेलाभन्दा ६ गुणा बढेको छ। कोइरालाका अनुसार, चीनमा हाम्रो व्यापार धेरै राम्रो छ त्यसैले यहाँ छोडेर जानसक्दैनौँ, यहाँ हाम्रो व्यापार निकै राम्रो छ र हामीलाई निकै खुशी लागेको छ।

यस वर्ष वेल्ट एन्ड रोड इनिशिएडिभ उठाइएको दशौँ वार्षिकोत्सव हो। सन् २०१७ मा चीन र नेपालले वेल्ट एन्ड रोड एमओयुमा हस्ताक्षर गरेयता दुई देशले वेल्ट एन्ड रोडको आधारमा धेरै छलफल र सहयोग गरेका छन् र दुई पक्षबीचको व्यापार र उपलब्धि पनि धेरै बढेको छ। यस हप्ता चीनको लीच-नाइछ्युङ नाका औपचारिक रूपमा खोलिएको छ जुन तिब्बती चाङमु, चिलुङ, फुलानपछि खोलिएको चौथो नाका हो। यसरी नै माथिल्लो मुस्थाङका सर्वसाधाणले मान्य कागजात लिएर तिब्बत सीमा क्षेत्र प्रवेश गर्न सक्छन्। यसबाहेक, रउ, छनथाङ यी दुई वटा नाका खोल्ने सम्भाव्यता अध्ययन कार्य पूरा भएको छ।

वेल्ट एन्ड रोड इनिशिएडिभ आधारित उपलब्धिबाट चीन र नेपालबीच व्यापारको भविष्य उज्यालो र व्यापक भएको देखिएको छ।

Share this story on

Messenger Pinterest LinkedIn