नेपाली

आयात एक्स्पोप्रति सहभागी विभिन्न मुलुकको उच्च प्रशंसा

criPublished: 2023-11-11 16:51:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नोभेम्बर १० तारिख छैठौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो सम्पन्न भएको छ। त्यसमा संलग्न कुल रकम ७८ अर्ब ४१ करोड अमेरिकी डलर पुगेकाले गत वर्षको तुलनामा ६.७ प्रतिशतले वृद्धि भएको छ। त्यस रकमले नयाँ कीर्तिमान पनि सिर्जना गरेको छ।

आयात एक्स्पोको अवधिमा १२८ वटा मुलुक र क्षेत्रका ३ हजार ४ सय ८६ वटा व्यवसायको सहभागिता थियो। तीमध्ये फर्च्यून ५०० र विभिन्न क्षेत्रका अग्रणी व्यवसायहरूको संख्या २८९ पुगेको देखिन्छ। एक्स्पोस्थलमै पहिलो पल्ट देखिएका नयाँ उत्पादित वस्तु, नयाँ प्रविधि र नयाँ सेवा मिसिएका ४४२ वटा प्रतिनिधि मालसामानको प्रदर्शन गरिएको थियो। आयात एक्स्पोले आपसी आदानप्रदान गर्न र सहकार्यलाई प्रवर्द्धन गर्नका लागि विभिन्न विकास स्तरका मुलुकलाई महत्वपूर्ण चौतारो प्रदान गरेकाले त्यसलाई सहभागी विभिन्न मुलुकहरूले उच्च प्रशंसा गरेका छन्।

चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोले निरन्तर रूपमा “नयाँ उज्यालो विन्दु”मार्फत् विश्व अर्थतन्त्र खुला र सहकार्य हुने नयाँ जिवन्त शक्तिलाई झन् तेज पार्दै जानेछ।

Share this story on

Messenger Pinterest LinkedIn