नेपाली

चीन र अमेरिकाको उच्च भेटवार्ताद्वारा स्पष्ट सङ्केत प्रसारण

CRIPublished: 2023-10-30 16:17:17
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“वाङ यीको अमेरिकी भ्रमणले चीन र अमेरिकाको सम्बन्धको सुधारका लागि इच्छा जगाएको छ।” एपीले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यीको अमेरिकाको भ्रमणको मूल्याङ्कन गर्दै उक्त कुरा जनाएको हो। अक्टोबर २६ तारिखदेखि २८ तारिखसम्म अमेरिकाको निमन्त्रणामा वाङ यीले अमेरिकाको भ्रमण गर्नुभएको थियो। भ्रमणको अवसरमा अमेरिकी राष्ट्रपति जोसेफ बाइडनले वाङ यीसँग भेट गर्नुभयो। वाङ यीले अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्कनसँग दुई चरणको भेटवार्ता पनि गर्नुभयो। साथै वाङ यीले राष्ट्रिय सुरक्षा मामिलासम्बन्धी अमेरिकी राष्ट्रपतिका सहायक जेक सुल्लिवानसँग पनि भेटघाट गर्नुभयो। चालू वर्षको जुन महिनादेखि अनेकन् अमेरिकी उच्च अधिकारीहरूले चीनको भ्रमण गरेपछि चीनका उच्च अधिकारीले अमेरिकाको भ्रमण गरेको यो पहिलोपटक हो।

दुई पक्षले दुई मुलुकका राष्ट्रानायकहरूको सान फ्रान्सिस्को भेटवार्ताका लागि संयुक्त रुपमा प्रयास गर्न स्वीकार गरेका छन्। विभिन्न पक्षले यसमाथि ध्यान दिएको छ। विश्लेषककाअनुसार, यो एक स्पष्ट सङ्केत हो।

विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धको रुपमा चीन र अमेरिकाको सम्बन्ध मानवको भविष्य र भाग्यसित सम्बन्धित छ। सबैभन्दा महत्वपूर्ण कुरा के हो भने चीनका राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको पारस्परिक सम्मानता, शान्तिपूर्ण सहअस्तित्व, सहयोग र साझा विजयीको सिद्धान्तलाई व्यवहारमा उतार्नु हो।

चीन र अमेरिकाको सम्बन्ध दुई पक्ष र विश्वका लागि महत्वपूर्ण छ। चीन र अमेरिकाको यस पटकको उच्च भेटवार्ताले सकारात्मक संकेत प्रसारण गरेको छ। दुई पक्षले “बाली टापू पुनःफर्कने आधारमा सान फ्रान्सिस्कोतर्फ चीन र अमेरिकाको सम्बन्धलाई स्थिर पार्न अगाडि बढाउने छन् र छिटो रुपमा स्वस्थ र स्थिर बाटोमा फर्कने छन्।”

Share this story on

Messenger Pinterest LinkedIn