नेपाली

अमेरिकी सभामुख चुनावको प्रहसन, भर्खरै नाटकको सुरुवात

criPublished: 2023-10-27 16:22:10
Share
Share this with Close
Messenger Pinterest LinkedIn

स्थानीय समय अनुसार अक्टोबर २५ तारिख रिपब्लिकन कांग्रेसका माइक जोन्सनले २२० मत प्राप्त गर्दै अमेरिकाको कांग्रेसको प्रतिनिधि सभाको नयाँ सभामुखको रूपमा निर्वाचित भए।

किन चुनिए जोन्सन? “वाशिंगटन पोस्ट”ले पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको वफादार अनुयायीको रूपमा वर्णन गरेको छ। जोन्सनलाई मिडियाले "अमेरिकाको प्रतिनिधि सभाको १४० भन्दा बढी वर्षमा सबैभन्दा अनुभवहीन सभामुख" पनि भनेका छन्। यसको मतलब विभिन्न गुटहरूले आफ्नै एजेन्डाहरू अगाडि बढाउन उनलाई प्रभाव पार्न सक्छन्। यसको मतलब यो पनि हो कि अमेरिकी सभामुख चुनावको प्रहसन समाप्त भएको छैन र सायद नाटक भर्खरै सुरु भएको छ। पहिलो चुनौती हो, के जोन्सनले रिपब्लिकन पार्टीलाई एकताबद्ध गर्न सक्छन्? के उनले डेमोक्र्याटिक पार्टीसँग सम्झौता गर्न र सरकारी अवरोधबाट बचाउन सक्छन्? लामो समयदेखि अमेरिकामा केही गहिरा समस्याहरू तथाकथित "लोकतान्त्रिक राजनीतिका नामले छोपिएका छन्। प्रतिनिधि सभाको सभामुखलाई हटाउने र चयन गर्ने यो प्रहसनमा, चरम व्यक्तिवाद हावी थियो तर अमेरिकी राजनीतिक प्रणालीले यसको कुनै प्रतिक्रिया दिएको छैन। यो कसैले समाधान गर्न नसक्ने समस्या हो।

Share this story on

Messenger Pinterest LinkedIn