नेपाली

चीनले अन्तरिक्षबाट विश्वलाई निमन्त्रणा पत्र पठाइएको

CRIPublished: 2023-10-26 15:29:25
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर २६ तारिख शनचौ १७ मानवसहितको अन्तरिक्ष यान पूर्वनिर्धारित कक्षामा प्रवेश गरेको छ। साथै अन्तरिक्षयात्री दल पनि राम्रो अवस्थामा छ। जसबाट प्रक्षेपण कार्य पूर्ण रूपमा सफल भएको छ।

सन् १९६५ को ग्रीष्ममा चीनसँग अन्तरिक्ष कार्यको ब्लुप्रिन्ट मात्र थियो। अन्तरिक्षमा प्रवेश गर्नु कवितामा कोरिएको रोमान्टिक सपना जस्तो मात्र थियो।

सन् २००३ अक्टोबरमा चिनियाँ अन्तरिक्ष यात्री याङ लिवेईले चिनियाँहरूको यो सपना लिएर एक्लै तारा बीचको यात्रा सुरू गर्नुभएको थियो। उहाँ फर्केलगत्तै चिनियाँहरूले अब अन्तरिक्ष यात्रा "टाढाको सपना”नहुने विचार व्यक्त गर्न थालेका थिए। आज, शनचौ १७का युवा अन्तरिक्ष यात्रीहरूले बाह्रौपटक पालैपालो कक्षा पनि लिनेछन्। त्यसै गरी अन्तरिक्ष यात्रा सामान्य व्यापारिक यात्रा पनि बनेको छ। तर चीनले २० वर्षमा यो उपलब्धि पूरा गरेको हो।

२० वर्षअघि याङ लिवेईले पहिलो पटक अन्तरिक्ष यात्रा गर्दा सिटमा बसेर मात्रै १४ पटक पृथ्वीको परिक्रमा गर्नसक्नु भयो। सन् २००८ मा शनचौ ७को मिसनमा गएका तीन अन्तरिक्षयात्रीले पहिलोपटक अन्तरिक्षमा पाइला टेकेर अन्तरिक्षमा हिँड्ने सपना साकार गर्नुभएको थियो। त्यसका साथै अन्तरिक्षयात्रीहरू सक्रिय रहेको क्षेत्र सुरुको केही घनमिटरबाट हाल ११० घनमिटरभन्दा बढीमा विस्तार भएको छ। जसमा कार्य क्षेत्र, सुत्ने क्षेत्र, स्वास्थ्य क्षेत्र, भोजन क्षेत्र, चिकित्सा तथा पर्यवेक्षण क्षेत्र र व्यायाम क्षेत्रको रूपमा विभाजन गरिएका छन्। चिनियाँ अन्तरिक्ष स्टेशनले विश्वका अन्तरिक्ष यात्रीहरूलाई आरामदायी वातावरण प्रदान गर्नसक्छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn