नेपाली

दक्षिण चीन सागरमा अमेरिकाको नियत झल्किँदै

criPublished: 2023-10-25 19:07:33
Share
Share this with Close
Messenger Pinterest LinkedIn

हालसालै दक्षिण चीन सागरमा अर्को एउटा उथलपुथल भएको छ। दुई वटा फिलिपिन्सका नागरिक जहाज र दुई तटरक्षक जहाजहरू चिनियाँ सरकारको अनुमति विना चीनको ‘नानशा टापु’को रनआई रीफको छेउछाउको समुद्रमा प्रवेश गरेका छन्। खतरनाक ढंगले चिनियाँ तटरक्षक जहाजहरू र चिनियाँ माछा मार्ने डुङ्गाहरूसँग ठोक्किएका छन्। त्यति मात्र होइन, फिलिपिन्सले चीनले ‘जानीबुझी उत्तेजक’ गतिविधि गरेको आरोप लगाएको छ। अमेरिकाले पनि तुरुन्तै एक विज्ञप्ति जारी गरेर चीनलाई वैध अधिकार संरक्षण र कानून उल्लंघनको आरोप लगाएको छ। फिलिपिन्सको उल्लङ्घन र उत्तेजनालाई प्रोत्साहित गर्न अमेरिका-फिलिपिन्स पारस्परिक रक्षा सन्धि पनि उद्धृत गरेको छ।

चिनियाँ समुद्री प्रहरीले फिलिपिन्सका जहाजहरू विरुद्ध कानून बमोजिम आवश्यक कानून कार्यान्वयनका उपायहरू अपनाएको छ। त्यहाँकाम तस्बिरहरू छन् र सत्यहरू छन्। रनआई रीफको सार्वभौमसत्ताको सन्दर्भमा, अन्तर्राष्ट्रिय समुदायको लामो समयदेखि सहमति छ कि यो चीनको ‘नानशा’ टापुहरूको अंश हो, चिनियाँ क्षेत्र हो, र संयुक्त राष्ट्र संघको बडापत्र सहित अन्तर्राष्ट्रिय कानूनको पालना गर्दछ। फिलिपिन्सको असामान्य व्यवहारको सन्दर्भमा, लामो समयदेखि दक्षिणपूर्वी एसियाली मुद्दाहरूको अध्ययन गरेका विद्वानहरूले "विश्व दृष्टिकोण"का पत्रकारलाई भनेका छन्, ‘यसको पछाडि सबैभन्दा ठूलो कारक अमेरिका हो।’ हाल अमेरिकाले चीनलाई समात्न र नियन्त्रण गर्न तथाकथित "इन्डो-प्यासिफिक रणनीति"लाई गति दिइरहेको छ र दक्षिणपूर्वी एसियाली देशहरू त्यसका महत्त्वपूर्ण भाग बनेका छन्। आशियान देशहरूमध्ये फिलिपिन्सको अमेरिकासँग "विशेष" सम्बन्ध छ। फिलिपिन्स कुनै समय अमेरिकाको उपनिवेश थियो। आजसम्म अमेरिका अझै पनि आफ्नो सहयोगी फिलिपिन्सको विदेश र सुरक्षा नीतिहरुमा ठूलो प्रभाव राख्दछ। फिलिपिन्सको परिप्रेक्ष्यमा, देशका केही घरेलु राजनीतिक शक्तिहरू विश्वास गर्छन् कि यदि चीन र फिलिपिन्सबीच टकराव भयो भने अमेरिकाले निश्चित रूपमा उनीहरूलाई समर्थन गर्नेछ। फिलिपिन्सले हालै दक्षिण चीन सागरमा बारम्बार समस्या निम्त्याउनुको मुख्य कारण पनि यही हो।

रनआई रीफ सम्बन्धि मुद्दा चीन र फिलिपिन्स बीचको द्विपक्षीय मुद्दा हो। अमेरिका कुनै पनि पक्ष नभएकाले यसमा टिप्पणी गर्ने अधिकार उसको छैन।

Share this story on

Messenger Pinterest LinkedIn