नेपाली

आउने १० वर्षमा नयाँ अन्तरसम्पर्क सञ्जाल कसरी "त्रिआयामिक" बन्ने छ?

criPublished: 2023-10-20 19:00:47
Share
Share this with Close
Messenger Pinterest LinkedIn

" अन्तरसम्पर्कले युरोपलाई आफ्नो प्रतिस्पर्धात्मक क्षमताको पुनर्निर्माण गर्नका लागि अवसर प्रदान गर्न सक्ने छ।" भर्खरै सम्पन्न तेस्रो "बेल्ट एण्ड रोड" अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनमा हंगेरीका प्रधानमन्त्री ओर्बानले हंगेरी-सर्बिया रेलवे निर्माणको उच्च प्रशंसा गर्नुका साथै अन्तरसम्पर्कका लागि नयाँ अवसरहरू खोज्न युरोप र विश्वलाई आह्वान गर्नुभएको छ।

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले १८ तारिखका दिन उक्त सम्मेलनको उद्घाटन समारोहमा मुख्य मन्तव्य राख्नुहुँदा चीनले "बेल्ट एण्ड रोड"को संयुक्त निर्माणलाई उच्च गुणस्तरीय विकास गर्नका लागि आठ कार्य परियोजना औँल्याउनुभएको थियो। जसमध्येको पहिलो बिषय "बेल्ट एण्ड रोड"को त्रिआयामिक अन्तरसम्पर्क सञ्जालको निर्माण गर्ने हो। यसबाट हेर्दा सम्पर्क "बेल्ट एण्ड रोड" को संयुक्त निर्माणका लागि प्राथमिकताको क्षेत्र बनेको देखिन्छ।

फलदायी १० वर्ष यता "बेल्ट एण्ड रोड" उच्च गुणस्तरीय विकासको नयाँ चरणमा प्रवेश गरेको छ। अन्तरसम्पर्कले विभिन्न देशहरूलाई विश्वव्यापी आपूर्ति श्रृंखला, औद्योगिक श्रृंखला र मूल्य श्रृंखलामा समावेश हुन प्रवर्द्धन गरेको छ साथै साझा विकासलाई साकार तुल्याएको देखिन्छ।

Share this story on

Messenger Pinterest LinkedIn