नेपाली

चिनियाँ बजारको गहिरो अन्वेषण गर्दै जाने

criPublished: 2023-10-20 18:59:08
Share
Share this with Close
Messenger Pinterest LinkedIn

छैठौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो नजिकिँदै छ र धेरै बहुराष्ट्रिय कम्पनीहरू आफ्ना नयाँ वस्तुहरू ल्याउने तयारीमा छन्। “चीनको अर्थतन्त्रले गति लियो” , “आर्थिक वृद्धि दर अपेक्षा गरेभन्दा तीव्र छ” , “पुनःउत्थानको शक्ति बलियो छ”… विदेशी मिडियाले चीनको अर्थतन्त्रमा निकै महत्व दिएका छन्।

“बेल्ट एण्ड रोड” को संयुक्त निर्माणले चिनियाँ अर्थतन्त्रलाई मात्रै नभई सम्बन्धित देशहरूको आर्थिक समृद्धिलाई पनि प्रोत्साहन गरेको छ। भर्खरै सम्पन्न “बेल्ट एण्ड रोड” उद्यमी सम्मेलनमा सयौँ कम्पनीहरु सम्झौतामा हस्ताक्षर गर्न लाइनमा बसेको दृश्य सामाजिक मिडियामा चर्चित भएको छ।

हाल, १३४औँ चीन आयात र निर्यात मेला आयोजना भइरहेको छ। यसले विश्वभरका २०० भन्दा बढी देश र क्षेत्रका खरीदकर्ताहरूलाई आकर्षित गरेको छ। नोभेम्बरको सुरुमा १२८ देश र क्षेत्रका ३४०० भन्दा बढी कम्पनीहरूले छैठौं चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिनेछन्।

Share this story on

Messenger Pinterest LinkedIn