नेपाली

दस वर्षमा अन्तर-सम्पर्क घनिष्ट हुँदै #समाचारसन्दर्भ

CRIPublished: 2023-10-19 15:51:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अक्टोबर १८ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत सभाभवनमा आयोजित तेस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहमा भाग लिँदै 'खुला, समावेशी, सम्पर्कयुक्त र साझा विकासमूलक विश्वको निर्माण' शीर्षकमा भाषण दिनुभयो।

भाषणमा राष्ट्राध्यक्ष सीले यसरी भन्नुभयो, 'विगत १० वर्षमा हामीले आफ्नो प्रारम्भिक अभिप्राय राखिरहँदै हातेमालो गरेर बेल्ट एण्ड रोड अवधारणा सम्बद्ध अन्तर्राष्ट्रिय सहयोग थाल्दै विकास गरिरहेका छौं र यसै क्रममा फलदायी परिणाम हासिल गरेका छौं। हामी आर्थिक कोरिडोरको निर्माणको दिशामा विश्वव्यापी अन्तर्सम्पर्क सञ्जाल तथा सूचना राजमार्गको निर्माण गर्न प्रतिबद्ध छौं। रेलवे, राजमार्गहरू, विमानस्थलहरू, बन्दरगाहहरू र पाइपलाइन नेटवर्कहरूमा निर्भर गर्दै जल, समुद्र, आकाश र इन्टर्नेटलाई ढाकिने विश्वव्यापी इन्टरकनेक्सन नेटवर्क स्थापित गरेका छौं। जसबाट ठूलो पैमानामा मालसामान, पूँजी, प्रविधि र मानविय परिचालनलाई प्रभावकारी रूपमा बढाइएको छ साथै नयाँ युगमा हजारौं वर्षसम्म चलेको प्राचीन रेशमी मार्गको पुनरुत्थानमा जीवन्त शक्ति थपेका छौं।"

नेपाल नै बेल्ट एण्ड रोड अवधारणाको समर्थन गर्ने पहिलो मुलुकमध्ये पनि एक हो। सन् २०१७ मा चीन र नेपालले बेल्ट एण्ड रोड सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका थिए र हाल दुई देशले हस्ताक्षरित बीआरआई अवधारणाको कार्यान्वयन सम्बन्धी सम्झौतालाई सक्रियताका साथ व्यवहारमा उतारिरहेका छन्। विशेष गरी बितेका केही वर्षमा, उच्च गुणस्तरिय बीआरआई निर्माणका श्रृंखलावद्ध उपलब्धिहरू प्राप्त गरेका छन्।

123全文 3 下一页

Share this story on

Messenger Pinterest LinkedIn