नेपाली

"बेल्ट एण्ड रोड" शिर्षक प्रस्तावद्वारा विश्वमा गहिरो परिवर्तन

criPublished: 2023-10-16 18:51:15
Share
Share this with Close
Messenger Pinterest LinkedIn

गएको दश वर्ष यता एक प्रस्तावले संसारमा के के ल्याउनसक्छ? अक्टोबर १७ देखि १८ तारिखसम्म आयोजना हुने तेस्रो "बेल्ट एण्ड रोड" अन्तर्राष्ट्रिय सहयोग शिखर सम्मेलनले मानिसहरूलाई संक्षेप र समीक्षा गर्ने अवसर प्रदान गरेको छ।

चिनियाँ आधिकारिक समाचारका अनुसार यस फोरममा विश्वभरका १४० भन्दा बढी देशहरू र ३० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिनिधिहरू आकर्षित भएका छन्। यिनीहरू सहयोग र साझा विकासको प्रवर्द्धन गर्न चीनमा आएका छन्। फोरम यति लोकप्रिय हुनुको एउटा महत्त्वपूर्ण कारण भएको विगत १० वर्षसम्म "बेल्ट एण्ड रोड" को संयुक्त निर्माणले संसारमा वास्तविक नयाँ परिवर्तनहरू ल्याएको छ।

"बेल्ट एण्ड रोड" शीर्षक प्रस्तावको जन्म विश्वव्यापी विकास समस्याको समाधान गर्नको लागि भएको थियो। यसको सबैभन्दा आकर्षक उपलब्धि भनेको विश्व आर्थिक वृद्धिमा नयाँ शक्ति ल्याउनु हो।

चिनियाँ आधिकारिक समाचारका अनुसार यस फोरमले आदान-प्रदान, हरित विकास र डिजिटल अर्थतन्त्र लगायतका अन्य क्षेत्रहरूमा केन्द्रित हुनेछ। यसको साथै श्रृङ्खला सहकार्य परियोजनाहरूको सहमति हुने भएको छ र जसको कुल मात्रा अघिल्ला दुई फोरम भन्दा बढी हुने सम्भावना छ। "बेल्ट एण्ड रोड" शीर्षक प्रस्ताव चीनबाट शुरू भएको हो र यो विश्वको हो साथै यसले सम्पूर्ण मानवजातिलाई फाइदा पुर्‍याउनसक्ने कुरा फेरि एक पटक देखाएको छ।

Share this story on

Messenger Pinterest LinkedIn