नेपाली

चीनको वैदेशिक व्यापारमा "सकारात्मक विकास"

CRIPublished: 2023-10-14 15:58:43
Share
Share this with Close
Messenger Pinterest LinkedIn

दुई दिनअघि छैटौं चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पोमा भाग लिनका लागि प्रदर्शनी मालसामान बोकेको यस वर्षको पहिलो "चीन-युरोप रेलवे एक्सप्रेस " शाङ्घाई आइपुग्यो। यो ट्रेन १६ मिलियन यूरो भन्दा बढीको कार्गो मूल्यको कुल ७० टी.ई.यू.एस बोकेर जर्मनीको डुइसबर्गबाट प्रस्थान गरेको थियो। जसबाट लामो समयदेखि मानिसद्वारा प्रतिक्षा गरिएको छैठौं चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो नजिक आउँदैछ र यसले चीनको वैदेशिक व्यापारको विकासमा नयाँ शक्ति दिनेछ।

वास्तवमा यस वर्षका अघिल्ला तीन त्रैमासिकमा जटिल र गम्भीर बाह्य वातावरण र विभिन्न आन्तरिक कठिनाइ र चुनौतीहरूको सामना गर्दै चीनको वैदेशिक व्यापार स्थिर र सकारात्मक बनेको छ। १३ तारिख जारी गरिएको चिनियाँ आधिकारिक तथ्याङ्कले देखाएको छ कि अघिल्ला तीन त्रैमासिकमा चीनको कुल आयात र निर्यात मूल्य ३०.८ ट्रिलियन युआन पुगेको छ जसमा वार्षिक वृद्धि दर मूलतः उस्तै छ।

यस वर्षको सुरुदेखि नै विश्व आर्थिक सुधार सुस्त भएको छ र विश्वव्यापी व्यापार विकासले धेरै दबाबहरूको सामना गरेको छ। यस पृष्ठभूमिमा वैदेशिक व्यापारमा चीनको "सकारात्मक विकास" कठिन छ। यसका पछाडिका कारणहरूको विश्लेषण गर्दा "जडलाई सुदृढ गर्ने र नविनतालाई पुनरुत्थान गर्ने" मुख्य शब्द हो।जसले चीनको वैदेशिक व्यापारले आफ्ना परम्परागत फाइदाहरूलाई सुदृढ गरेको मात्र होइन तर निरन्तर नयाँ प्रवर्द्धन शक्ति पनि देखाएको छ।

परम्परागत उद्योगहरूमा उच्च प्रतिस्पर्धात्मकता कायम राख्नुका साथै चीनका नयाँ ऊर्जा सवारी साधनहरू विश्वव्यापी रूपमा अघि बढिरहेका छन्। चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरमा ९६,००० नयाँ ऊर्जा सवारी साधनहरू निर्यात भएका छन्, जुन वार्षिक रूपमा ९२.८ प्रतिशतले बढेको छ। धेरै देशहरूमा चीनका नयाँ ऊर्जा वाहनहरू स्थानीय नयाँ ऊर्जा सवारी साधनहरूको समग्र बिक्री च्याम्पियन बनेका छन्।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn