नेपाली

मेककार्थीलाई हटाइएबाट तथाकथित अमेरिकी लोकतन्त्र उदाङ्गियो

criPublished: 2023-10-05 16:08:19
Share
Share this with Close
Messenger Pinterest LinkedIn

९ महिनासम्म पदमा रहेका अमेरिकी प्रतिनिधिसभाका सभामुख केभिन मेककार्थीलाई हटाइएको छ। अक्टोबर ३ तारिख अमेरिकी प्रतिनिधिसभाले रिपब्लिकन सभामुख केभिन मेककार्थीलाई मतदान गरी हटाउने पक्षमा २१६ मत र विपक्षमा २१० मत परेपछि मेककार्थीलाई पदमुक्त भएका हुन्। अमेरिकी मिडियाले टिप्पणी गरेका छन् कि यो अमेरिकी इतिहासमा नदेखिएको हो। प्रतिनिधिसभामा अराजकता देखियो र रिपब्लिकनभित्र नियन्त्रणविहिन हुनेछ। अमेरिकाका विभिन्न क्षेत्रमा व्यापक चिन्ता छ कि अमेरिकी राजनीतिक क्षेत्रका नं ३ मान्छे पदबाट हटाइएबाट अमेरिका दुई दलबीचको संघर्ष चर्कँदैजानेछ र अमेरिकी राजनीतिलाई थप अराजकता निम्त्याएर अमेरिकी समाजलाई अरू विभाजित हुनेछ।

अमेरिकी राजनीतिमा दल संघर्ष प्रमुख विषय भइरहन्छ भने दल संघर्षको सार "भिटो राजनीति" हो, अर्थात् तथ्यमा आधारित समस्याको समाधान गर्नुको सट्टा अर्को पार्टीले गर्ने सबै कुराको विरोध गर्नु हो। केही वर्षयता अमेरिकी दलबीचको संघर्ष चर्कँदै आएको छ र धेरै सर्वेक्षकको विचारमा आन्तरिक युद्धको स्तरमा पुगिसकेको छ। रोयटर्सका अनुसार, मेककार्थीले अमेरिकी राष्ट्रपति जो बाइडेन विरुद्ध महाभियोग छानबिनको वकालत गरेर डेमोक्र्याट दललाई क्रोधित बनाएका छन्। यस अवस्थामा, उनले अस्थायी विनियोजन विधेयकमा डेमोक्र्याटसँग सहयोग गरे पनि धेरै डेमोक्र्याटले अन्ततः उनलाई हटाउने पक्षमा थिए।

अर्कोतर्फ, अमेरिकी प्रतिनिधि सभाको वर्तमान शक्ति लेआउटबाट हेर्दा रिपब्लिकन पार्टी भित्रको गुटबन्दीले यसै हटाउने मतदानमा मुख्य भूमिका खेलेको छ।

अमेरिकी विद्वान फ्रान्सिस फुकुयामाले भनेका थिए कि अमेरिकी प्रणालीमा स्पष्ट समस्या छन्, "तर यसले आफैलाई सुधार गर्न असमर्थ देखिन्छ।" दल संघर्षका कारण केही अति-कन्जरभेटिभ सदस्यले प्रतिनिधिसभाका सभामुखको छनोटमा प्रभाव पार्न सक्छन्। यो अमेरिकी राजनीतिको वर्तमान रोगविज्ञानको लक्षण हो। अमेरिकी राजनीतिले केही व्यक्तिको स्वार्थ पूरा गर्दा र अमेरिकी लोकतन्त्रलाई "शक्तिको खेल" मा परिणत गर्दा अमेरिकी राजनीतिज्ञले होसियारीपूर्वक निर्माण गरेको "लोकतान्त्रिक कथा" मा विश्वसनीयता र प्रेरकता शून्य बनेको छ।

Share this story on

Messenger Pinterest LinkedIn