नेपाली

खेलकुदको भव्य समारोह हो, शान्ति र साझा फाइदा पुर्याउने समारोह पनि हो

criPublished: 2023-09-28 15:03:58
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“हाङचौ एशियाली खेलकुदको उद्घाटन समारोह निकै विशेष छ, यसले अत्यन्तै भव्य वातावरण बनाएको छ।” सेप्टेम्बर २३ तारिख हाङचौ एशियाली खेलकुद भव्य रूपमा सुरू भएको छ। उद्घाटन समारोहमा नवीन सिर्जना र विज्ञान तथा प्रविधिको मिश्रणबाट नेपाल रे मिडिया ग्रुपका अध्यक्ष प्रकाश बाबु पौडेललाई अचम्मको अनुभव प्रदान गरिएको छ।

सुनौलो सिजनमा एशियाका ४५ वटा मुलुक र क्षेत्रका १२ हजारभन्दा बढी खेलाडी हाङचौ पुगेर यस हरित, नवीन सिर्जना, एकता, सभ्यता भने समारोहमा संलग्न भएका छन्। नेपालले २५३ जना खेलाडी पठाएर २९ वटा प्रतियोगितामा भाग लिएका छन् भने सहभागी संख्यामा इतिहासमा सबैभन्दा बढी पुगेको छ। यस एशियाली खेलकुदमा नेपालको ध्यान त्यति मात्र होइन। नेपाली मिडियाका अनुसार, प्रचण्डले एशियाली खेल उद्घाटनमै चीनको भ्रमण गर्नलाई संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि मण्डलले संयुक्त राष्ट्र संघको मुख्यालयमा प्रचण्डको सम्बोधन एक दिनअघि सार्न निवेदन दिएको थियो। त्यहाँ ७८औँ संयुक्त राष्ट्र संघीय महाधिवेशनमा सम्बोधन गरिसकेपछि सिधा अमेरिकाबाट हाङचौतर्फ प्रस्थान गर्नुभएको थियो। चीनको साउथवेस्ट युनिभर्सिटी अफ पोलिटिकल साइन्स एन्ड लका प्राध्यापक छङ सीचुङको विचारमा प्रचण्डले एशियाली खेलकुदको अवधिमा चीनको भ्रमण पूरा गर्न निश्चित एजेन्डाको परिवर्तन गर्नुका साथै प्रधानमन्त्रीको निवासमा खेलाडीलाई विदाइ कार्यक्रमको आयोजना गर्नुभएको थियो जुन दुर्लभ देखिन्छ र खेलकुदमार्फत नेपाल र चीनका जनताबीच आदान-प्रदानको मित्रवत् पूलको रचना गरी आपसलाई घनिष्ठ बनाउने उहाँको आशा पनि प्रतिबिम्बित भएको छ।

चीन र नेपाल बीच दौत्य सम्बन्ध स्थापना भएको ६८ वर्षयता दुई देशले पञ्चशील सिद्धान्तको आधारमा ठूला-साना मुलुकबीच समानता र सहयोग गरी साझा फाइदा पुग्ने नमूना प्रदान गरेका छन्। सन् २०१९ मा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको राजकीय भ्रमण गर्दा दुई देशका सम्बन्धलाई विकास र समृद्धि उन्मुख युगौँयुगदेखि मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धको स्तरमा उकास्नुभएको थियो। केही वर्षयता दुई देशका उच्च तहबीच आवत-जावत थुप्रै भएका छन् र दुई पक्षले अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा घनिष्ठ समन्वय र सहयोग कायम राखिरहेका छन्। यसै हाङचौ वार्तामा दुई देशका नेताले चीन-नेपाल सम्बन्धलाई अझै सुमधुर बनाउनुभएको छ। प्राध्यापक छङ सीचुङका अनुसार, समानता र साझा फाइदा नै चीन-नेपाल सम्बन्धको आधार बनिसकेको छ र यस पटक दुई पक्षबीचको आवत-जावतबाट चीन-नेपाल सम्बन्ध ठूला-साना मुलुकबीच समान भएको नूमना फेरि देखाइएको छ।

12全文 2 下一页

Share this story on

Messenger Pinterest LinkedIn