नेपाली

#समाचार सन्दर्भ# चिनियाँ विशेषताका साथ एशियाली खेलकुदको अनुभव

criPublished: 2023-09-22 19:45:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

“हाङचौ एसिया खेलकूदले विश्वका अरू खेलाडी तथा प्रशिक्षकसँग भेट्ने मौका दिएको छ। हामी प्रतिस्पर्धा गर्नेछौं, आफ्नो लागि राम्रो आदानप्रदान र सिक्ने अवसर हुने विश्वास गर्छु।” नेपाली बक्सर भूपेन्द्र थापाले यसरी व्यक्त गर्नुभएको छ। नेपाली तेक्वान्दो टोलीले पनि एशियाली खेलकुदका लागि सक्दो प्रयासमा तयार गरेको छ।

हाङचौ एसियाली खेलकुदमा नेपालले थापासहित २५३ खेलाडी पठाएर २९ वटा प्रतिस्पर्धामा भाग लिँदैछ। नेपाली प्रतिनिधि मण्डलका प्रमुख एवं नेपाल राष्ट्रिय खेलकूद परिषदका सदस्यसचिव टंकलाल घिसिङले सेप्टेम्बर १९ तारिख यसबारे जानकारी दिँदै एसियाली खेलकूद एसियामै ठूलो प्रतियोगिता रहेको र चीनले यति ठूलो प्रतियोगिता आयोजना गरेकोमा खुशी व्यक्त गर्नका लागि नेपालले ठूलो प्रतिनिधिमण्डललाई पठाएको बताउनुभयो।

वास्तवमा नेपाली प्रतिनिधि मण्डल मात्र नभइ नेपाली सर्वसाधारणले पनि हाङचौ एशियाली खेलकुदमाथि नजर पुर्याएको छ। खेलकुदमा सिमा छैन। चालु वर्षको वसन्तमा “हाङचौ एशियाली खेलकुदको स्वागत गर्न मनोरञ्जन दौड” अन्तर्गत नेपाली स्टेशन काठमाडौँमा आयोजित भयो। नेपालका लागि चिनियाँ राजदूत छन सोङ र नेपाली मित्रहरूले उक्त दौडमा भाग लिनुभएको छ। जसले यो एशियाली खेलकुदमाथि नेपाली सर्वसाधारणको प्रतीक्षा बढाएको छ।

यसै सम्बन्धमा नेपालका लागि चिनियाँ राजदूत छन सोङले चर्चा गर्दै भन्नुभयो “हाङचौ एसिया खेलकुदबाट चीन र नेपालबीचको मित्रता मात्र नभई चीन, नेपाल र अन्य एशियाली मुलुक र क्षेत्रका जनताबीचको आदानप्रदानलाई बढाएको देख्ता आफूलाई निकै खुशी लागेको छ।”

खेलकुद प्रतिस्पर्धा मात्र नभइ जसले विभिन्न देश तथा क्षेत्रका जनतालाई आदानप्रदानको पुल पनि निर्माण गरेको छ। ड्रागन डुङ्गा एशियाली खेलकुदको प्रतियोगिताहरूमध्येको एक हो। गत जुन महिना पोखरामा चीन-नेपाल मैत्रिपूर्ण ड्रेगन डुङ्गा प्रतियोगिताको आयोजना भयो। जसबाट नेपाली सर्वसाधारणले चिनियाँ परम्परागत खेलकुदमा भाग लिँदा त्यसपछिको सँस्कृतिबारे पनि थाहा पाएका छन्। प्रतियोगितापछि नेपालमा विशेषगरी ड्रागन डुङ्गा संघको स्थापना भएको छ। भविष्यमा हामी एशियाली खेलकुदमा नेपाली ड्रागन डुङ्गा टिमको सहभागिता हुने प्रतीक्षा गर्छौं।

सेप्टेम्बर १९ तारिखका दिन नेपालका लागि चिनियाँ राजदूत छन सोङले बिदाइ समारोहमा सम्बोधन गर्दै भन्नुभयोः नेपाली खेलाडीले यस पटकको खेलकूदमा आफ्नो क्षमता देखाउने अपेक्षा छ। साथै समय मिलाएर हाङचौमा चिनियाँ विशेषता र आकर्षणको अनुभव गर्दै एसियाली खेलकुदबाट ल्याइने अद्भूत समयको पूर्ण सदुपयोग गर्ने इच्छा पनि उहाँले व्यक्त गर्नुभयो।

यस भव्य कार्यक्रमका लागि, हाङचौ आफ्नो उत्तम मनोवृत्तिका साथ अतिथिहरूको आगमनलाई स्वागत गर्दैछ।

हाङचौ एसियाली खेलकुद विभिन्न देशका खेलाडीका लागि खेल कौशलमा प्रतिस्पर्धा गर्ने मञ्च मात्र होइन, विभिन्न देशका जनताका लागि आपसी समझदारी बढाउने, एकअर्कासँग घुलमिल हुने र एकअर्काको सभ्यबाट सिक्ने मञ्च पनि हो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभएको छः खेलकुदले ऐक्यबद्धतालाई बढाउँदै अन्तर्राष्ट्रिय समाजका लागि सकारात्मक उर्जा जम्मा गर्नुपर्छ जसबाट विश्वव्यापी देखा परेका चुनौतीहरुको संयुक्त रुपमा सामना गर्न सक्ने छौं। आजको चीन एसियाको चीन र विश्वको चीन हो। भविष्यमा, चीनले अझ खुला रूपमा विश्वलाई अँगाल्नेछ र अझ जीवन्त शक्ति हुने सभ्यता तथा उपलब्धिहरूको साथ विश्वमा योगदान पुर्याउने विश्वास छ।

Share this story on

Messenger Pinterest LinkedIn