नेपाली

#समाचार सन्दर्भ# चिनियाँ विशेषताका साथ एशियाली खेलकुदको अनुभव

criPublished: 2023-09-22 19:45:40
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सेप्टेम्बर १९ तारिखका दिन नेपालका लागि चिनियाँ राजदूत छन सोङले बिदाइ समारोहमा सम्बोधन गर्दै भन्नुभयोः नेपाली खेलाडीले यस पटकको खेलकूदमा आफ्नो क्षमता देखाउने अपेक्षा छ। साथै समय मिलाएर हाङचौमा चिनियाँ विशेषता र आकर्षणको अनुभव गर्दै एसियाली खेलकुदबाट ल्याइने अद्भूत समयको पूर्ण सदुपयोग गर्ने इच्छा पनि उहाँले व्यक्त गर्नुभयो।

यस भव्य कार्यक्रमका लागि, हाङचौ आफ्नो उत्तम मनोवृत्तिका साथ अतिथिहरूको आगमनलाई स्वागत गर्दैछ।

हाङचौ एसियाली खेलकुद विभिन्न देशका खेलाडीका लागि खेल कौशलमा प्रतिस्पर्धा गर्ने मञ्च मात्र होइन, विभिन्न देशका जनताका लागि आपसी समझदारी बढाउने, एकअर्कासँग घुलमिल हुने र एकअर्काको सभ्यबाट सिक्ने मञ्च पनि हो। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भन्नुभएको छः खेलकुदले ऐक्यबद्धतालाई बढाउँदै अन्तर्राष्ट्रिय समाजका लागि सकारात्मक उर्जा जम्मा गर्नुपर्छ जसबाट विश्वव्यापी देखा परेका चुनौतीहरुको संयुक्त रुपमा सामना गर्न सक्ने छौं। आजको चीन एसियाको चीन र विश्वको चीन हो। भविष्यमा, चीनले अझ खुला रूपमा विश्वलाई अँगाल्नेछ र अझ जीवन्त शक्ति हुने सभ्यता तथा उपलब्धिहरूको साथ विश्वमा योगदान पुर्याउने विश्वास छ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn