नेपाली

युरोपले आत्मविश्वासिलो रूपमा बजारको प्रतिस्पर्धाको सामना गर्नुपर्छ

criPublished: 2023-09-20 16:33:41
Share
Share this with Close
Messenger Pinterest LinkedIn

युरोपेली संघीय समितिबाट प्रकाशित चिनियाँ विजुली गाडीमाथि अनुदान विरोधी सर्वेक्षणबारे हाल युरोपमा गम्भीर वहस सुरु भएको छ। जर्मनी गाडी क्षेत्रले जसबाट भन्सार कर युद्ध भएर जर्मनी गाडी उद्योगको दीर्घकालीन नाफामाथि क्षति पुर्याउने चिन्ता व्यक्त गरेका छन्। जर्मनीको सञ्चार माध्यमले चिनियाँ विजुली गाडीमाथि अनुदानविरोधी सर्वेक्षण गर्ने निर्णय “राजनीतिक तत्व”बाट घचघच्याइएको जानकारी दिएको छ।

केही वर्षयता चिनियाँ विजुली गाडी उद्योगले बलियो बजार प्रतिस्पर्धा देखाएको छ। किनकि चिनियाँ गाडी व्यवसायले निरन्तर नवीन अनुसन्धान तथा विकास गर्नुका साथै चीनको सम्बन्धित उद्योग शृङ्खला तथा आपूर्ति शृङ्खला तुलनात्मक रुपमा पूर्ण भएको छ। युरोपेली बजार चिनियाँ नयाँ श्रोत गाडीबाट कब्जा गरिने चिन्ता केही युरोपेली देश र ठूला गाडी व्यवसायलाई चिन्ता लागेको छ। यो युरोपेली संघले कथित सर्वेक्षण गर्ने वास्तविक उदेश्य हो।

दीर्घकाल चीन युरोपेली गाडी व्यवसायको महत्वपूर्ण बजार हो। तर चीन सरकारले तिनीहरू चिनियाँ बजारमा प्रवेश गर्न कुनै बाधा दिएको छैन। जसबाट तिनीहरू निरन्तर र स्थिर रूपमा ठूला नाफा पाएका छन्। त्यसैले चिनियाँ नयाँ श्रोत गाडीको विकास भएर किन युरोपले समान धारणा लिनुहुँदैन? बाहिरी प्रतिस्पर्धाको शान्तिपूर्वक सामना गर्नुका साथै निष्पक्ष बजार वातावरणमा आफ्नै प्रतिस्पर्धात्मकता बढाउनुपर्छ। चीन र युरोपले कुराकानी तथा छलफलबाट मतभेद समाधान गरेर व्यापारिक संरक्षणवादको विरोध गर्नुका साथै विश्वव्यापी उद्योग शृङखला तथा आपूर्ति शृङ्खला स्थिरताको रक्षा गर्नुपर्छ। यो ऐतिहासिक लहर र बजारगत नियमसँग अनुकुल भएको गतिविधि हो।

Share this story on

Messenger Pinterest LinkedIn