नेपाली

#समाचार सन्दर्भ# शून्य डलर खरिद, फ्लश डकैती.. अमेरिकी अर्थतन्त्रमा अराजकता

criPublished: 2023-09-19 16:41:27
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अमेरिकी नेशनल रिटेल फेडरेशनबाट प्रकाशित प्रतिवेदन अनुसार, सन् २०२१ को तुलनामा सन् २०२२ मा खुद्रा बिक्रीमाथि लक्षित संगठित अपराध २६.५ प्रतिशतले बढेको छ। सन् २०२१ मा अमेरिकामा खुद्रा विक्रीसम्बन्धी क्षति ९४ अर्ब ५० करोड अमेरिकी डलर पुगेको थियो, जुन सन् २०२० को ९० अर्ब ८० करोड डलरभन्दा बढी थियो। यस्तो घटनाका सामु खुद्रा बिक्रेताले व्यापार बन्द गर्नु पर्ने अवस्था हुन्छ।

यस्तो गम्भीर डकैतीका साथ अमेरिकी प्रहरी विभाग "श्रम अभाव" अवस्थामा परिरहेको छ। अमेरिकी प्रहरी अनुसन्धान मञ्चबाट प्रकाशित प्रतिवेदन अनुसार, सन् २०२२ मा अमेरिकी प्रहरी विभागमा राजिनामाको संख्या सन् २०१९ को भन्दा ४७ प्रतिशतले वृद्धि भएको थियो। त्यसबाहेक अपराधका लागि दण्डहिनताले पनि चोरी गतिविधिलाई बढाएको छ।

शुन्य डलर खरिद, फ्लश डकैतीलगायत अपराध बारम्बार भएको अवस्था हाल अमेरिकी अर्थतन्त्रको कथित “राम्रो उपलब्धि”को विपरीत छ। त्यसैले अमेरिकाको अर्थतन्त्र वास्तवमा राम्रो वा नराम्रो भन्ने विषय तातो विषय बनेको छ। फ्लश डकैती घटनाले अमेरिकी समाजमा धनी र गरिबबीचको व्यापक खाडल देखाएको विश्लेषण गरिएको छ। हाल अमेरिकामा ३ करोड ७० लाख जनता गरिबीको रेखामुनि छन्।

त्यसैले फ्लश डकैती घटना संयोगले भएको होइन, जसबाट अमेरिकी आर्थिक संरचनाको बेथिति र सामाजिक व्यवस्थाको अभाव देखाइएको छ। दीर्घकालमा अमेरिका अराजक अर्थतन्त्र तथा समाजको दुष्चक्रमा पर्नेछ।

Share this story on

Messenger Pinterest LinkedIn